एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा रियल मड्रिडले पुनरागमन जित निकालेको छ ।
शनिबार राति भएको खेलमा रियलले उत्कृष्ट पुनरागमन गर्दै भिल्ला रियलमाथि २-१ गोलको जित निकालेको हो ।
अस्थाई घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर रियलले जित निकालेको हो ।
खेलको २० औं मिनेटमा एरिमी पिनोले गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए ।
५५ औं मिनेटमा करिम बेन्जिमाको गोलले मान्यता पाएन । भीएआरमा उनी अफसाइड देखिएका थिए ।
तर, खेलको ८७ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको इन्जुरी समयको दोस्रो मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई २-१ को जित दिलाए ।
जितसँगै रियलले सिजनको सुखद अन्त्य गरेको छ । तर, अन्तिम खेलमा जित निकालेपनि रियल उपाधिबाट भने बन्चित भएको छ ।
रियल च्याम्पियन एट्लेटिको मड्रिड भन्दा २ अंकले पछि पर्यो।
दोस्रो स्थानको रियलले ३८ खेलमा ८४ अंक जोड्यो । एट्लेटिकोले ८६ अंक जोड्यो ।
भिल्ला ५८ अंक जोडेर सातौं स्थानमा रह्यो ।

