एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले सिजनको आफ्नो अन्तिम खेलमा जित निकालेको छ ।
शनिबार राति भएको सिजनको अन्तिम खेलमा डर्टमण्डले बायर लिभरकुसेनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
डर्टमण्डलाई जित दिलाउन अर्लिङ हालाण्डले दुई गोल गरे । मार्को रिउसले एक गोल थपे । लिभरकुसेनका लार्स बेन्डरले एक गोल फर्काए ।
यस जितसँगै डर्टमण्डले सिजनको सुखद अन्त्य गरेको छ । डर्टमण्ड यस सिजन तेस्रो स्थानमा रह्यो ।
डर्टमण्डले ३४ खेलमा ६४ अंक जोड्यो । लिभरकुसेन ५२ अंक जोडेर छैटौं स्थानमा रह्यो ।
यस्तै दोस्रो स्थानको आरबी लाइपजिग भने पराजित भएको छ ।
सिजनको अन्तिम खेलमा लाइपजिग युनियन बर्लिनसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
लाइपजिगले यस सिजन ३४ खेलमा ६५ अंक जोड्यो । बर्लिन ५० अंक जोडेर सातौं स्थानमा रह्यो ।