एजेन्सी । युरोकप फुटबल यसै वर्षको जुन ११ बाट जुलाई ११ सम्म आयोजना हुँदैछ ।
युरोकप युरोपको विभिन्न देशको ११ शहरमा आयोजना हुनेछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
यूईएफएले युरोकप लण्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना गर्ने तयारी गरेको छ ।
इटालीको रोममा हुने उद्घाटन खेलमा टर्की र इटाली भिड्ने छन् ।
प्रतियोगिताको फाइनल खेल लण्डनमा हुनेछ ।
यस संस्करणको युरोकप फुटबलमा २४ टिमको सहभागिता रहेको छ । सहभागी टोलीले राष्ट्रिय टिमको घोषणा गर्न थालिसकेका छन् ।

कुन समूहमा कुन टिम ?
समूह ए - इटाली, टर्की, वेल्स, स्विजरल्याण्ड
समूह बी - डेनमार्क, फिनल्याण्ड, बेल्जियम, रसिया
समूह सी - नेदरल्यान्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया
समूह डी - इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्याण्ड, चेक रिपब्लिक
समूह ई - स्पेन, स्विडेन, पोल्याण्ड, स्लोभाकिया
समूह एफ - हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी
खेल तालिका :
