एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा आज राति सिजनको अन्तिम चरणको खेलहरु हुँदैछ ।
बुन्डेसलिगामा आज अन्तिम चरणको विभिन्न ९ खेलहरु हुनेछ ।
च्याम्पियन बनिसकेको बायर्न म्युनिखले अन्तिम खेलमा अग्स्बर्गसँग घरेलु मैदानमा खेल्नेछ ।
बायर्नले यस सिजन ३३ खेलमा ७५ अंक जोडेको छ । अन्तिम खेलमा जित निकाल्दै बायर्न ट्रफी उचाल्न चाहन्छ ।
यस्तै बोरुसिया डर्टमण्डले बायर लिभरकुसेनसँग घरेलु मैदानमा खेल्नेछ ।
डर्टमण्ड ६१ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । लिभरकुसेन ५२ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
दोस्रो स्थानको आरबी लाइपजिगले युनियन बर्लिनसँग उसैको मैदानमा खेल्नेछ ।
लाइपजिगले ३३ खेलमा ६५ अंक जोडेको छ ।
त्यस्तै बोरुसिया मन्छेनग्लाडबाखले वेर्डेर ब्रेमेनसँग खेल्दा उल्फ्स्बर्गले मैन्जसँग खेल्नेछ ।
होफेनहाइमले हेर्था बर्लिन, स्टुटगार्डले अर्मिनिया, साल्केले क्लोन र फ्रान्कफर्टले फ्रेईवर्गसँग खेल्नेछ ।