एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज राति अन्तिम चरणको सात खेलहरु हुँदैछ ।
यस सिजन ला लिगाको उपाधि छिनोफानो समेत आजकै खेलबाट तय हुँदैछ ।
ला लिगाको उपाधि होडमा एट्लेटिको मड्रिड र रियल मड्रिड रहेका छन् ।
शीर्ष स्थानको एट्लेटिको मड्रिडले आज राति रियल भालाडोलिटसँग उसैको मैदानमा खेल्नेछ ।
एट्लेटिको मड्रिड ३७ खेलमा ८३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । भालाडोलिटलाई हराउन सकेमा एट्लेटिको च्याम्पियन बन्नेछ ।
एट्लेटिकोले सन् २०१४ पछि उपाधि जित्न सकेको छैन ।
यता, भालाडोलिटलाई समेत यस खेल महत्वपूर्ण रहेको छ । भालाडोलिट ३१ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
रेलिगेसनबाट जोगिन भालाडोलिटलाई जित्नै पर्ने दबाब रहेको छ ।
यता, दोस्रो स्थानको रियलले घरेलु मैदानमा भिल्ला रियलसँग प्रतिस्पर्धा गर्दैछ ।
रियल ८१ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । रियलको उपाधि यात्रामा एट्लेटिको मड्रिडको खेलमा निर्भर हुनेछ ।
आज एट्लेटिको बराबरीमा रोकिएमा रियलले जित निकाल्न सके रियल च्याम्पियन बन्नेछ । रियल बराबरीमा रोकिएको अवस्थामा एट्लेटिकोले हार व्यहोरेपनि एट्लेटिको च्याम्पियन बन्नेछ ।
बार्सिलोना भने उपाधि होडबाट बाहिरिसकेको छ । बार्सिलोना ७६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
बार्सिलोनाले अन्तिम खेलमा आज इबरसँग खेल्नेछ ।