एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका विंगर इडेन हाजार्डले सिजनको अन्तिम लिग खेल गुमाउने भएका छन् ।
चोटका कारण हाजार्डले ला लिगा अन्तर्गत सिजनको अन्तिम खेल नखेल्ने भएका हुन् ।
रियलले सिजनको अन्तिम खेलमा आज भिल्ला रियलसँग खेल्दैछ ।
तर, रियलले भिल्लासँग खेल्ने टिममा हाजार्डलाई राखेको छैन ।
'उनले अभ्यास गरेका छैनन् । हामी उनलाई कुनै खतरा मोल्ने छैनौँ,' प्रशिक्षक जिनेदिन जिदानले हाजार्डबारे भनेका छन् ।
तर, कप्तान सर्जियो रामोस भने टिममा फर्किएका छन् ।
रामोसले भिल्लाविरुद्ध खेल्ने बताईएको छ ।