एजेन्सी । म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीओलाले स्ट्राइकर सर्जियो अग्युरोको प्रशंसा गरेका छन् ।
प्रशिक्षक ग्वार्डीओलाले अर्जेन्टिनी स्ट्राइकर अग्युरोको अन्तिम खेल अघि उनको प्रशंसा गरेका हुन् ।
३२ वर्षीय अग्युरोले सिटीका लागि आइतबार अन्तिम खेल खेल्दै छन् । एभर्टनविरुद्धको खेल अग्युरोले अन्तिम खेल हुनेछ ।
अग्युरोको अन्तिम खेलअघि प्रशिक्षक ग्वार्डीओलाले उनी जंगलको सिंह जस्तै रहेको र उनले ४० वर्षसम्म फुटबल खेल्ने बताए ।
'उसलाई ब्याकरुम स्टाफले एकदमै मन पराउँथ्यो । आइतबारको खेल अन्तिम हो । मलाई पक्का छ प्रशंसकहरुले उनलाई सम्मान दिनेछन्,' उनले भने, 'उनी जंगलका सिंह जस्तै छ । उसले विपक्षीलाई मार्छ । पछिल्लो क्रिस्टलसँगको गोलले उनको परिचय परिभाषित गर्छ । उनले ४० वर्षसम्म खेल्न र गोल गर्न सक्छ ।'
सिटीका १० वर्ष बिताएका अग्युरो सिजनको अन्त्यसँगै फ्री ट्रान्सफरमा क्लब छाड्दै छन् ।
पछिल्लो समय अग्युरो बार्सिलोनासँग जोडिएका छन् । तर, आधिकारिक रुपमा उनले कुनैपनि क्लबसँग सम्झौता गरेका छैनन् ।
अग्युरो जारी सिजन भने चोटबाट गुज्रिएका थिए । चोटकै कारण उनले यस सिजन मात्र १८ खेल खेलेका थिए ।
अग्युरो स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट सन् २०११ मा सिटी आएका थिए ।
सिटीबाट अग्युरोले पाँच पटक प्रिमियर लिगको उपाधि जितेका छन् ।