एजेन्सी । प्रिमियर लिग क्लब उल्भ्सका मुख्य प्रशिक्षक नुनो सान्टोले क्लब छाड्ने भएका छन् ।
पोर्चुगिज प्रशिक्षक नुनोले यस सिजनको अन्त्यसँगै क्लब छाड्ने भएका हुन् ।
क्लबसँगको आपसी समझदारीमा नुनोले क्लब छाड्न लागेका हुन् ।
पूर्व गोलकिपर समेत रहेका नुनो सन् २०१७ मा उल्भ्सको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
४७ वर्षीय नुनोकै नेतृत्वमा उल्भ्स प्रिमियर लिगमा बढुवा भएको थियो ।
नुनोले गत सेप्टेम्बरमा २०२३ सम्म क्लबमा रहने गरि सम्झौता नवीकरण गरेका थिए । तर, सम्झौता नसकिदै उनले क्लब छाड्न लागेका हुन् ।
उल्भ्सले यस सिजनको अन्तिम खेलमा आइतबार म्यानचेस्टर युनाईटेडसँग खेल्नेछ ।