एजेन्सी । लिड्स युनाईटेडका पाब्लो हर्नान्डेज र गाएटोनो बेराडीले क्लब छाड्ने भएका छन् ।
लिड्सले शुक्रबार मिडफिल्डर हर्नान्डेज र डिफेन्डर बेराडीले सिजनको अन्त्यसँगै क्लब छाड्ने जनाएको छ ।
हर्नान्डेज र बेराडीले लिड्सलाई प्रिमियर लिगमा बढुवा गर्न महत्वपूर्ण योगदान दिएका थिए ।
स्विस डिफेन्डर बेराडी सन् २०१४ बाट लिड्समा रहेका छन् । तर, गत सिजन बोकेको चोटको कारण उनले यस सिजन १ प्रिमियर खेल मात्र खेल्न पाए ।
गत मंगलबार साउथह्याम्पटनविरुद्ध ३२ वर्षीय उनले प्रिमियर लिगमा डेब्यु गरेका थिए ।
३६ वर्षीय स्पेनिस मिडफिल्डर हर्नान्डेजले यस सिजन १६ खेल खेलेका थिए ।