एजेन्सी । कोलम्बियाले कोपा अमेरिका फुटबल प्रतियोगिताको सह-आयोजकबाट नाम फिर्ता लिएको छ ।
कोपा अमेरिकामा कोलम्बिया सह-आयोजकको रुपमा रहेको थियो ।
तर, सरकारविरुद्धको चर्किएको आन्दोलनको कारण कोलम्बियाले प्रतियोगिता आयोजकबाट नाम फिर्ता लिएको हो ।
अब कोपा अमेरिका आयोजनाको सम्पूर्ण जिम्मेवारी अर्जेन्टिनाले पाएको छ ।
प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेको छ ।
सन् २०२० मै आयोजना हुनुपर्ने कोपा अमेरिका फुटबल कोरोना भाईरसको महामारीको कारण एक वर्ष पछि सरेको हो ।