एजेन्सी । साविक विजेता पोर्चुगलले युरोकप फुटबलका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ ।
पोर्चुगलले बिहीबार युरोकपका लागि २६ सदस्सीय टिमको घोषणा गरेको हो ।
क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगलले टिमको घोषणा गरेको हो ।
साविक विजेता समेत रहेको पोर्चुगलले रोनाल्डोसहित आठ फरवार्डलाई टिममा राखेको छ ।

तर, पोर्चुगल यस पटक कठिन समूहमा रहेको छ ।
पोर्चुगल रहेको समूह 'एफ' मा विश्वकप विजेता फ्रान्स, जर्मनी र हंगेरी रहेको छ ।
पोर्चुगलले पहिलो खेल हंगेरीसँग खेल्नेछ ।
युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।
यस पटकको युरोकप युरोपका विभिन्न ११ शहरमा हुँदैछ ।
