काठमाडौं । फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) टिम विराटनगर सिटी एफसीका मुख्य प्रशिक्षक यान लले आफ्नो तलब कोरोना भाईरसको महामारीविरुद्ध लड्न सहयोग गर्ने भएका छन् ।
सामाजिक संजालबाट बिहीबार यान लले एनएसएलको कमाई र विराटनगरको तलब नेपाल र भारतको कोभिड कोषलाई प्रदान गरिने बताएका छन् ।
भारतीय प्रशिक्षक यान लले ट्वीटरबाट आफ्नो तलबको रकम नेपाल र भारतमा कोरोनाविरुद्ध लड्न समान रुपमा सहयोग गर्ने बताएका छन् ।
पहिलो संस्करणको एनएसएलमा यानले सम्हालेको विराटनगर लिग चरणबाटै बाहिरिएको थियो ।
प्ले अफमा पुग्न जित्नै पर्ने खेलमा विराटनगर ललितपुर सिटी एफसीसँग ४-० गोल अन्तरले पराजित हुँदै विराटनगर प्रतियोगिताबाट बाहिरिएको हो ।
