एजेन्सी । इङ्लिस प्रिमियर लिगको 'हल अफ फेम' सम्मानबाट स्टेभेन जेरार्ड सम्मानित भएका छन् ।
प्रिमियर लिगले बिहीबार लिभरपुलका पूर्व कप्तान तथा मिडफिल्डर जेरार्डलाई 'हल अफ फेम' बाट सम्मानित गरेको हो ।
यस अघि यस सम्मानबाट फ्रान्क लाम्पार्ड, एलन शियरर, थियरी हेनरी, रोय केन र एरिक क्यान्टोना सम्मानित भएका छन् ।
प्रिमियर लिगले पूर्व खेलाडीलाई गर्ने यो उच्च सम्मान हो ।
लिभरपुलका लिजेण्ड जेरार्डले क्लबका लागि ५ सय ४ खेल खेलेका थिए ।
लिभरपुलमा १६ वर्ष बिताउदा जेरार्डले १ सय २० गोल र ९२ गोलका लागि असिस्ट गरेका थिए ।