एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीका डिफेन्डर रुबेन डियासले ‘एफडब्लुए फुटबलर अफ दि इयर’ अवार्ड जितेका छन् ।
यस सिजनको उत्कृष्ट खेलाडी बन्दै डियासले फुटबल राइरटर्स एसोसिएसनले प्रदान गर्ने ‘फुटबलर अफ दि इयर’ अवार्ड जितेका हुन् ।
एसोसिएसनले बिहीबार पोर्चुगिज डियासलाई ‘फुटबलर अफ दि इयर’ घोषित गरेको हो ।
अवार्ड जित्ने क्रममा उनले सिटीकै केभिन डी ब्रुएन र टोटेनहमका ह्यारी केनलाई पछि पारे ।
यस सिजन सिटीले प्रिमियर लिगको उपाधि जितेको छ । र, सिटीको उपाधि यात्रामा डियासले उत्कृष्ट प्रदर्शन गरेका छन् ।
२४ वर्षीय डियास यस अवार्ड जित्ने दोस्रो डिफेन्डर हुन् ।
यस अघि लिभरपुलका स्टिभ निकोलले १९८९ मा यस अवार्ड जितेका थिए ।
