एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम एस्टन भिल्लासँग पराजित भएको छ ।
बुधबार राति भएको खेलमा टोटेनहम एस्टनसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा सुरुवाती अग्रता बनाए पनि टोटेनहम पराजित भएको हो ।
खेलको आठौं मिनेटमा स्टेभिन बेर्ज्विनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए ।
तर, खेलको २० औं मिनेटमा सर्जियो रेगुलिनले आत्मघाती गोल गरेपछि खेल १-१ गोलको बराबरीमा पुग्यो ।

त्यसपछि खेलको ३९ औं मिनेटमा ओली वाट्किन्सले गोल गर्दै एस्टनलाई २-१ को जित दिलाए ।
एस्टनसँगको हारसँगै टोटेनहमको शीर्ष चारमा रहदै च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना सकिएको छ ।
टोटेनहम ३७ खेलमा ५९ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
एस्टन ५२ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

अर्को खेलमा एभर्टनले उल्भ्सलाई १-० ले हराएको छ ।
यस्तै न्युकासलले सेफिल्डलाई १-० ले हराएको छ ।

