एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ ।
बुधबार राति भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
क्रिस्टलको मैदानमा ३५ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ६२ औं मिनेटमा क्रिस्टियन बेन्टेकेले गोल गर्दै क्रिस्टललाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको इन्जुरी समयको पहिलो मिनेटमा ग्राबियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई २-१ को अग्रता दिलाए ।
त्यसपछि इन्जुरी समयको पाँचौं मिनेटमा पेपेले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३-१ को जित दिलाए ।
जितसँगै आर्सनलले ३७ खेलमा ५८ अंक जोडेको छ । आर्सनल लिगको नवौं स्थानमा रहेको छ ।
क्रिस्टल प्यालेस ४४ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
