एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कप फुटबलको उपाधि जितेको छ ।
बुधबार राति भएको फाइनलमा मोनाकोलाई २-० गोल अन्तरले पराजित गर्दै पीएसजीले उपाधि जितेको हो ।
पीएसजीलाई जित दिलाउन माउरो इकार्डी र केलियन एमबाप्पेले एक एक गोल गरे ।

स्टेड डे फ्रान्स स्टेडियममा इकार्डीले १९ औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८१ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई २-० को जित दिलाए ।
यससँगै पीएसजी १४ औं पटक फ्रेन्च कपको उपाधि जित्न सफल भएको छ ।
मोनाको को भने छैटौं पटका उपाधि जित्ने सपना अधुरो बनेको छ ।

