फिफा विश्वकप : जर्मनी र मेक्सिकोबीचको खेल सुरु
आइतबार, असार ३, २०७५खेलपाटी संवाददाता

एजेन्सी । रुसमा जारी विश्वकप फुटबल अन्तर्गत अहिले साबिकको विजेता जर्मनी र मेक्सिकोबीच खेल सुरु भएको छ ।
लुजिनिकी रंगशालामा दुवै टोली पहिलो जित निकाल्ने योजनासहित मैदान उत्रिएका छन् । दुवै टोली पहिलो खेलमा ३ अंक जोड्ने लक्ष्यमा रहने छ ।
युरोपियन जर्मनी र उत्तर अमेरिकी राष्ट्रबीचको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ । किनकि दुवै टोलीमा अनुभवी नाम चलेका खेलाडीहरुको साथ रहेको छ ।
जर्मनीले पछिल्लो संस्करणको ब्राजिल विश्वकप सन् २०१४ मा जितेको थियो । ब्राजिलपछि जर्मनी विश्वकपमा सर्वाधिक सफल टोली समेत हो ।
















-1763024272658.jpeg&w=3840&q=75)