एजेन्सी । यूएफसी फाइटर कोनोर म्याकग्रेगर सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका छन् ।
फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सूची अनुसार आयरल्याण्ड मिक्स मार्सल आर्टका खेलाडी म्याकग्रेगर सर्वाधिक कमाउने खेलाडी बनेका हुन् ।
म्याकग्रेगरले अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई पछि पार्दै शीर्ष स्थानमा रहेका छन् ।
फोर्ब्सको अनुसार म्याकग्रेगरको कमाई १ सय ८० मिलियन अमेरिकी डलर रहेको छ । मेस्सीको कमाई १ सय ३० मिलियन अमेरिकी डलर रहेको छ ।
युभेन्ट्सका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो १ सय २० मिलियन कमाई गर्दै तेस्रो स्थानमा रहेका छन् ।
अमेरिकन फुटबलका डाक प्रेसकोट १ सय ७.५ मिलियन अमेरिकी डलरसहित चौंथो स्थानमा छन् ।
यस्तै बास्केटबलका जेम्स लेब्रोन ९६.५ मिलियन अमेरिकी डलर कमाई गर्दै पाँचौं स्थानमा रहेका छन् ।
