एजेन्सी । कप्तान तथा गोलकिपर जियानलुइजी बुफोनले इटालियन क्लब युभेन्ट्स छाड्ने भएका छन् ।
इटालीका पूर्व कप्तान समेत रहेका बुफोनले यस सिजनको अन्त्यसँगै क्लब छाड्ने भएका हुन् ।
एक अन्तवार्तामा बुफोनले सिजनको अन्त्यसँगै क्लब छाड्ने बताएका छन् ।
'हामी एक चक्रको अन्त्यमा पुगेका छौँ । त्यसैले बिदा लिनु ठिक हो,' बुफोनले भनेका छन्, 'जुभेन्ट्ससँगको यो सुन्दर र लामो अनुभव यस वर्षको अन्त्यमा सकिनेछ ।'
पर्माबाट करियर सुरु गरेका बुफोन सन् २००१ मा युभेन्टस आएका थिए । तर, ४३ वर्षीय बुफोन १७ वर्ष टुरिनमा बिताएर सन् २०१८ मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका थिए ।
बुफोनले युभेन्ट्सबाट १० सिरी उपाधि जितेका छन् । यस्तै ४ पटक कोपा इटालिया जितेका छन् ।
यस सिजन बुफोनले १२ खेल खेलेका छन् ।