एजेन्सी । इटालियन क्लब एसी मिलानले नयाँ सिजनको लागि जर्सी सार्वजनिक गरेको छ ।
मिलानले मंगलबार सन् २०२१/२२ को सिजनका लागि 'होम' जर्सी सार्वजनिक गरेको हो ।
मिलानको नयाँ जर्सी पुमा कम्पनीले ल्याएको हो ।
अघिल्लो वर्षको तुलनामा मिलानले नयाँ जर्सी धेरै परिवर्तन गरेको छैन ।

यस सिजन सिरी 'ए' मिलान तेस्रो स्थानमा रहेको छ ।
यस सिजनको उपाधि इन्टर मिलानले जितिसकेको छ ।

