एजेन्सी । म्यानचेस्टर युनाईटेडका स्ट्राइकर एडिन्सन काभानीले क्लबसँग नयाँ सम्झौता गरेका छन् ।
काभानीले क्लबमा थप एक वर्ष रहने गरि सोमबार युनाईटेडसँग सम्झौता गरेका छन् ।
नयाँ सम्झौतासँगै काभानी २०२२ को जुनसम्म युनाईटेडमा रहने छन् ।
उरुग्वेका ३४ वर्षीय फरवार्डले यस सिजन १५ गोल गरिसकेका छन् ।
काभानी गत सिजन फ्रेन्च क्लब पीएसजीबाट युनाईटेड आएका थिए ।
आफ्नो उत्कृष्ट लयलाई कायम राखेपछि युनाईटेडले काभानीसँग नयाँ सम्झौता गरेको हो ।