काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाईज टिम विराटनगर सिटी एफसीले शनिबार ललितपुर सिटी एफसीविरुद्धको खेलमा घटेको घटनामा माफी मागेको छ ।
विराटनगरले एक विज्ञप्ति निकाल्दै खेल दौरान भएको कार्यको विषयमा माफी मागेको हो । विराटनगरले उक्त घटनामा खेलाडीको हात नरहेको समेत जनाएको छ ।
'ललितपुरविरुद्धको खेलेमा खेल रोक्ने निर्णयमा हामी माफी माग्दछौं । यो पूर्ण रूपमा क्लब व्यवस्थापनको निर्णय थियो । खेलाडीहरूको होइन,' विज्ञप्तिमा भनिएको छ ।
दशरथ रंगशालामा ललितपुरसँग २-० ले पछि परेपछि विराटनगरका खेलाडीहरु मैदानबाट बाहिरिएका थिए ।
विराटनगरका अफिसियलको निर्देशनपछि खेलाडीहरु मैदानबाट बाहिरिएका थिए । तर, केहि समयपछि पुन: खेलाडीहरु मैदान फर्किएका थिए ।
जुन खेलमा विराटनगर ४-० ले पराजित भएको थियो । र, विराटनगर प्रतियोगिताबाट बाहिरिएको थियो ।

