• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
धनगढीलाई हराउँदै बुटवल प्ले अफमा
खेलपाटी संवाददाता
शनिबार, वैशाख २५, २०७८ खेलपाटी संवाददाता
धनगढीलाई हराउँदै बुटवल प्ले अफमा

काठमाडौं । बुटवल लुम्बिनी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा प्रवेश गरेको छ ।

शनिबार भएको खेलमा धनगढी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै बुटवल प्ले अफमा पुगेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुटवललाई जित दिलाउन सुमन लामाले निर्णायक गोल गरे ।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुबै टोलीले पहिलो हाफमा गोलको अवसर भने बनाएको थियो ।

खेलको १५ औं मिनेटमा बुटवलका स्ट्राइकर अभिषेक रिजालको बाइसाइकल प्रहार धनगढीका गोलरक्षक किरण चेम्जोङले सहजै बचाए । त्यसको एक मिनेट नबित्दै धनगढीका सौजन राईको प्रहारले पोस्टको दिशा लिन सकेन ।

खेलको ३२ औं मिनेटमा बुटवलका विलियम ओपोकुले मैदानको मध्य भागबर प्रहार गरेको फ्रिकिक धनगढीका गोलरक्षक किरणले सहजै बचाए ।

३४ औं मिनेटमा रविन श्रेष्ठको पासमा मैदानको बायाँ भागको बक्स बाहिरबाट विलियमको शक्तिशाली प्रहार किरणले रोके ।

खेलको ४५ औं मिनेटमा धनगढीका दर्शन गुरुङको प्रहार पोस्ट नजिकैबाट बाहिरीयो ।

पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा बक्स बाहिरबाट बुटवलका लक्षण रुचालको फ्रिकिक पोस्ट बारमाथिबाट गएको थियो ।

दोस्रो हाफमा धनगढीले गोलको थुप्रै अवसर सिर्जना गर्यो । तर, गोल गर्न सकेन । बुटवलले भने पाएको मौकालाई सदुपयोग गर्यो ।

खेलको ५६ औं मिनेटमा धनगढीका दर्शन गुरुङको हेडर पोस्टमा लाग्दै फर्किएको थियो ।

Image

६५ औं मिनेटमा धनगढीका निशान लिम्बुले गोलको अवसर खेर फाले । पुजन उपरकोटीको लामो पासमा गोलरक्षक विशाल श्रेष्ठसँगको वान भर्सेस वानको स्थितमा निशानको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो ।

खेलको ६७ औं मिनेटमा बुटवलका ओमोलाजा करिमको फ्रिकिक धनगढीका गोलरक्षक किरणले डाइभ हान्दै बचाएका थिए ।

७२ औं मिनेटमा विलियमले धनगढीका डिफेन्डरलाई बिट गर्दै अगाडी बढाएर प्रहार गरेको बलले पोष्टको दिशा लिन सकेन ।

तर,  खेलको ८० औं मिनेटमा सुमनले गोल गर्दै बुटवललाई अग्रता दिलाए । मैदानको मध्ये भागबाट ओमोलाजाले दिएको पासमा विलियमले धनगढीका डिफेन्डरलाई बिट गर्दै बल अगाडी बढाएका थिए । उक्त बललाई विलियमले सेकेन्ड बारमा स्विच गरेको बलमा सुमनले गोल गरे । जुन गोल खेलको निर्णायक गोल बन्यो ।

Image

खेलमा बुटवलका विलियम ओपकु प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे ।

इमर्जिङ प्लेयर अफ दि म्याच  बुटवलकै सुमन लामा चुनिए । उनले १० हजार प्राप्त गरे ।

जितसँगै बुटवलले ६ खेलमा ८ अंक जोडेको छ । र, बुटवल चौंथो स्थानमा रहदै प्ले अफमा पुगेको हो ।

बुटवलको जितसँगै पोखरा थन्डर्स भने प्रतियोगिताबाट बाहिरिएको छ । पोखरा ८ अंक जोडेपनि हेड टु हेडको आधारमा बुटवलसँग पछि पर्यो।

धनगढी भने यस अघि नै प्ले अफमा पुगिसकेको छ । शीर्ष स्थानको धनगढीले ६ खेलमा १० अंक जोडेको छ ।

बुटवलको जितसँगै प्रतियोगिताको प्ले अफमा पुग्ने चार टिमको टुंगो लागेको छ ।

प्रतियोगितामा बुटवल र धनगढीसँगै काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीले प्ले अफमा स्थान बनाएका छन् ।

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खुसी छैनन् मेसी
खुसी छैनन् मेसी
च्याम्पियन्स लिगमा आर्सनल
च्याम्पियन्स लिगमा आर्सनल
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
बार्सिलोनाको उपाधि उत्सव खल्लो
बार्सिलोनाको उपाधि उत्सव खल्लो
चेल्सीलाई ट्रेबल उपाधि
चेल्सीलाई ट्रेबल उपाधि
भारतले रक्षा गर्‍यो साफ यु–१९ च्याम्पियनसिपको उपाधि
भारतले रक्षा गर्‍यो साफ यु–१९ च्याम्पियनसिपको उपाधि
umbro nepal
  • ताजा समाचार
  • खेल आज
खुसी छैनन् मेसी
खुसी छैनन् मेसी
नेपालले टस जित्यो
नेपालले टस जित्यो
नेपाललाई जित्नैपर्ने दबाब
नेपाललाई जित्नैपर्ने दबाब
च्याम्पियन्स लिगमा आर्सनल
च्याम्पियन्स लिगमा आर्सनल
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP