• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
विवादको घेरामा रेफ्री
खेलपाटी संवाददाता
शनिबार, वैशाख २५, २०७८ खेलपाटी संवाददाता
विवादको घेरामा रेफ्री

काठमाडौं । काठमाडौं रेजर्सका प्रशिक्षक बालगोपाल महर्जनले नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत बिहीबार विराटनगर सिटी एफसीविरुद्धको खेलपछि पोस्ट म्याच कन्फ्रेन्समा भनेका थिए, ‘स्तरीय रेफ्रीको अभाव देखिएको छ ।’

उनले विराटनगरका पेड्रो मान्जीले गरेको गोलका विषयमा रेफ्रीले गरेको निर्णयलाई लिएर प्रश्न उठाएका थिए । उनले प्रतियोगितामा स्तरीय रेफ्रीको अभाव रहेको बताए ।

उनले पोस्ट म्याच कन्फ्रेन्समा मात्रै हैन, गोल भए लगत्तै प्रशिक्षक महर्जनले फोर्थ रेफ्रीतर्फ इसारा गर्दै चर्को असन्तुष्टि जनाएका थिए । उनले ठुलो स्वरमा आयोजकमाथिनै प्रश्न गरिरहेका थिए ।

उनी मात्रै हैन, काठमाडौंका अफिसियल र खेलाडी प्लेयर बक्सबाट उठ्दै ट्रयाकमा पुगेर रेफ्रीको निर्णयको विरोध गरेका थिए ।

प्रशिक्षक महर्जनले मान्जीको गोल अफसाइड भएको भन्दै सबैलाई भिडियो प्लेमा हेर्न आग्रह गरिरहेका थिए । तर, भीएआर प्रविधिको सुविधा नहुदा रेफ्री नविन्द्र महर्जनले खेललाई अघि बढाए ।

May be an image of 5 people, people standing and text that says 'NEPAL'SFIRST FIRST FRANCHISI FOOTBALL LEAGUE SI अब खेल्ध नेपाल 125F FIFA FIFA खेलपाटी khelpati.com लपाटी YAMAHA elpati com खेलपाटी help i.co खेल khe NUA khelpati.com'

एनएसएलमा प्रशिक्षकले रेफ्रीको स्तरमाथि प्रश्न गरेको यो पहिलो पटक भने हैन । यसअघि विराटनगरका प्रशिक्षक यान ल र बुटवल लुम्बिनिका प्रशिक्षक सनोज श्रेष्ठले पनि रेफ्रीको निर्णयमाथी प्रश्न गरेका थिए । एनएसएलका अधिकांश टिमका प्रशिक्षक रेफ्रीको निर्णयबाट सन्तुष्ट छैनन् । सबै टिम रेफ्रीको निर्णयलाई लिएर असन्तुष्टि पोखिरहेका छन् ।

विश्व फुटबलमै रेफ्रीका निर्णय प्राय विवादमा आउने गर्छन् । रेफ्री गर्न सजिलो छैन । खेल गुमाउने बित्तिकै धेरैले दोष रेफ्रीकै निर्णयमा थुपार्ने गर्छन् । तर जारी एनएसएलमा रेफ्रीका धेरै निर्णय विवादमा छन् । अझ भनौं शंकाको घेरामा छन् । रेफ्रीपनि मान्छे हुन् । मानविय कमजोर हुन सक्छ । तर एनएसएलमा रेफ्रीका केही निर्णय अक्षम्य देखिन्छ । रेफ्रीका केही निर्णय विवादास्पद मात्र छैन, शंकाको घेरामा देखिन्छ ।

भएको के थियो ?

बिहीबारको खेल हो । ३३ औं मिनेटका खेल चलिरहेको थियो । काठमाडौं विराटनगरसँग १–० गोलले पछि परेको थियो । मैदानको मध्यभागबाट विराटनगरका मिडफिल्डर सन्तोष तामाङले बक्स बाहिर रहेका पेड्रो मान्जीलाई लामो पास दिए । सन्तोषको पासलाई अघि बढाउँदै मान्जीले काठमाडौंमा गोलरक्षक विकेश कुथुलाई छक्याएर गोल गरे । उनको गोलबाट विराटनगरले काठमाडौंविरुद्ध अग्रता दोब्बर बनाएको थियो ।

त्यो मुभमा सन्तोषले बल रिलिज गर्नु पूर्व स्पेनीस फरवार्ड अफसाइडमा रहेको भन्दै काठमाडौंका प्रशिक्षक महर्जनले अपिल गरे । तर, रेफ्रीले अफसाइड दिएनन् । काठमाडौंको प्लेयर बक्स बढी तातियो । उनीहरु रेफ्रीमाथि खनिए । गालीगलौजमा उत्रिए । अफिसियल राकेश कार्कीलाई रेफ्रीले रातो कार्ड दिए । उनी मैदानबाट बाहिरिए । पोस्ट म्याच कन्फ्रेन्समा प्रशिक्षक महर्जनले भने, ‘हामी लाइनमै थियौ । विराटनगरको खेलाडी अफसाइड प्रस्ट देखिन्छ । विराटनगरको दोस्रो गोल अफसाइड हो ।’

सोही खेलको दोस्रो हाफमा रेफ्रीको निर्णयप्रति असन्तुष्ट जनाउँदा विराटनगरका अफिसियल अशोक यादवले रातो कार्ड पाए । उनलाई रेफ्रीले रातो कार्ड दिँदै बक्सबाट बाहिर पठाए ।

खेलको ७५ औं मिनेटमा काठमाडौंले ४–२ को अग्रता बनाएको अवस्थानमा पेड्रो मान्जीको पासमा विराटनगरका मनिस डाँगीले वान भर्सेज वानको स्थिपितमा अगाडी बढाएको बलमा काठमाडौंका डिफेन्डर आशिष गुरुङले पेनाल्टी क्षेत्रमा लडाँएका थिए ।

गोल हुने सम्भावना बढी भएको अवस्थानमा पेनाल्टी क्षेत्रमा विपक्षी खेलाडीले फाउल गरेको अवस्थानमा रेफ्रीले पेनाल्टीको सिग्नल दिने गरिन्छ । मनिसले. आशिषलाई बिट गर्दै बल अघि बढाएका थिए । आशिषले मनिसलाई तान्दै धकेलेको प्रस्ट देखिन्छ । मनिसले फाउलको अपिल समेत गरिरहेका थिए । तर, रेफ्रीले कर्नर प्रहार दिएपछि प्लेयर बक्स तातिएको थियो । त्यसैक्रममा रेफ्री नविन्द्र महर्जनले अफिसियल अशोक यादवलाई रातो कार्ड दिए ।

दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा पेनाल्टी क्षेत्रबाट सन्तोषले प्रहार गरेको बल काठमाडौंका खेलाडीको हातमा लागेको थियो । पेड्रोले ह्यान्डको अपिल गरिरहेका थिए । तर, रेफ्रीले कुनै चासो नदिँदा विराटनगरको प्लेर बक्स अझ तात्न पुग्यो ।

निकैनै रोमान्चक बनेको खेलमा काठमाडौंले ५–४ को जित निकाल्दै प्लेअफमा पुग्ने दोस्रो टोली बन्यो ।

यस खेललाई धेरैले घरेलु प्रतियोगितामा सबैभन्दा उत्कृष्ट खेल मध्यको एक मानेका छन् । जुन प्रदर्शन घरेलु प्रतियोगितामा विरलै देख्न पाइन्छन् ।

सामाजिक संजालमा भाइरल

रेफ्रीको निर्णयबाट अर्को प्रताडित टिम हो, ललितपुर सिटी एफसी । एनएसएलमा मोटो रकम खर्चिएको ललितपुर रेफ्रीकै कारण पनि संकटमा छ । गलत निर्णयकै कारण टोलीको प्लेअफ अझै अनिश्चित देखिन्छ ।

यतिबेला रेफ्रीको गलत निर्णयको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ । विहिबार ललितपुर सिटी एफसी र बुटबल लुम्बिनीबीच दिनको पहिलो खेलमा अन्जन विष्टको गोललाई रेफ्रीले अफसाइड दिएको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल बनेको छ ।

पेनाल्टी क्षेत्रभित्र मैदानको दायाँ भागबाट स्ट्राइकर विमल रानाले गरेको उत्कृष्ट प्रहार बुटवलका गोलरक्षक विशाल श्रेष्ठको हातमा लाग्दै पोस्टको दोस्रो बारबाट फर्किएको थियो । सो बललाई कप्तान अन्जनले आफ्नो नियन्त्रणमा लिँदै गोल गरेका थिए । तर, लाइनमा रहेका रेफ्री मदन खत्रीले अफसाइडको इसारा दिए । रेफ्री प्रकाश नाथ श्रेष्ठले गोलको मान्यता दिएनन् । तर, सोही भिडियोले एनएसएलका रेफ्री निकै आलोचित बनेको छन् ।

एनएसएलका १८ खेल सकिँदा सबैभन्दा बढी विवादमा रेफ्रीनै रहे । खेलका दौरान गर्ने निर्णयका कारण रेफ्री सबैभन्दा चर्चाको विषय बने । मिडिया र सामाजिक संजालमा रेफ्रीको निर्णय बढी चर्चा र विवादमा देखिएको छ ।

र. यो पनि ...

रेफ्रीको निर्णयमाथि प्रश्न

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP