• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
फरक भूमिकामा सुजल
दिपेश तिमल्सिना
बिहीबार, वैशाख २३, २०७८ दिपेश तिमल्सिना
फरक भूमिकामा सुजल

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को अक्सनमा स्ट्राइकर सुजल श्रेष्ठलाई चार टोलीले अधिकतम मूल्यसम्म बिट लगाएका थिए । अक्सनमा समूह एमा रहेको उनको न्युनतम मूल्य एक लाख थियो ।

चार टोली पोखरा, धनगढी, काठमाडौं र बिराटनगरले बिट लगाउँदा उनको मूल्य २ लाख रुपैँयासम्म पुगेको थियो । अक्सनमा धेरै क्बलको रोजाइमा परेको सुजल गोलाप्रथाबाट पोखरा थन्डर्समा पुगे । १३ औं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण विजेता कप्तान सुजल पोखरा थन्डर्समा अनुबन्ध भए ।

सर्वाधिक मूल्यमा बिक्री भएका खेलाडी मध्येका एक सुजलले चोटका कारण आफुलाई खेलाडीको रुपमा एनएसएलमा उभ्याउन भने सकेनन् । घरेलु मैदानमा सम्पन्न थ्री नेसन्स कपको पहिलो खेलमानै ‘काल्फ’मा चोट बोकेपछि उनको पहिलो संस्करणको एनएसएल खेल्ने सपना अधुरै रह्यो ।

सुजलले चोटका कारण खेल्न नसक्ने भएपछि पोखराले राष्ट्रिय टोलीका अर्का सदस्य रवि शंकर पासवानलाई टोलीमा समावेश गरेको थियो । नेपाली राष्ट्रिय टोलीका नियमित सदस्य रहेका रवी एनएसएलको अक्सनमा अनसोल्ड भएका थिए । अक्सनको समूह 'ए' मा रहेका उनलाई कुनै पनि टोलीले आफ्नो टोलीमा अनुबन्ध गर्न चासो नदेखाएपछि उनी अनसोल्ड भएका थिए । तर, सुजलले चोट बोकेपछि विकल्पको रुपमा रवि पोखरामा अनुबन्ध हुन पुगे ।

चिकित्सकको सल्लाहअनुसार कम्तिमा चार साता आराम गर्नुपर्ने भएपछि उनले पोखरा थन्डर्सबाट नाम फिर्ता लिएका थिए । तर, लक्ष्मी हुन्डाईको स्वामित्वमा रहेको पोखरा थन्डर्स उनले छाड्न चोहन । चोटका कारण सुजल टोलीमा खेलाडीको रुपमा नरहेने भए । उनलाई टिमले फरक जिम्मेवारी दिने निर्णय गर्यो । उनी पोखराको टिम व्यवस्थापक बन्दै फरक भुमिकामा एनएसएलमा जोडिए ।

‘खासमा मलाई पोखराले खेलाडीको रुपमा भित्र्याएको हो । तर, इन्जुरी भएपनि टिमले मलाई सम्मान स्वरुप व्यवस्थापकको जिम्मेवारी दियो ।’ सुजलले खेलपाटीसंग सुनाए, ‘खेल्न नसक्ने भएपछि टिम हेर्न र टिमसँगै प्रशिक्षण गर्नका लागि व्यवस्थापकको जिम्मेवारी दिईएको हो । टिमले गर्दा फुटबलबाट टाढा हुन पाईन ।’

May be an image of 1 person, standing and text that says 'SUPE LEAGUE अब खेल्ध नेपाल! LINK GO ocaCola खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटीkhelpati.com खेलपाटी GRILDLINK khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com itizenLfe'

पोखराले सुजलको भुमिका नफेरेको भए सायद उनी यतिबेला घरमा हुन्थे । घरमै बसेर टेलिभिजन सेटमा एनएसएल हेरिरहेका हुन्थे । तर, खेलाडीको रुपमा भित्रिएका उनलाई भुमिका फेर्दै पोखराले एनएसएलबाट अलग हुन दिएन ।

‘खेलाडीको रुपमा पोखरामा भित्रिए पनि चोट बोके । टोलीबाट बाहिर रहेको भए अहिले घरमा बसेर टेलिभिजन हेरिरहेको हुन्थे होला । तर, उहाँहरुले मलाई प्रत्यक्ष फुटबल हेर्ने अवसर पनि दिनु भयो ।’ सुजलले भने, ‘पहिलो चोटी व्यवस्थापकको रुपमा काम गरेकोले यसलाई परिक्षणको रुपको लिएको छु । मैदानमा खेल्न नपाएकोमा दुख छदैछ । तर, एउटा क्लबले खेलाडीप्रति गरेको माया र सहयोगले धेरै खुसी छु ।’

उनले आफु खेलाडी हुँदाभन्दा टिम व्यवस्थापकमा भिन्न प्रकारको दबाब हुने बताए । उनले मैदानमा हुने दबाब र मैदान बाहिरको दबाब निकै फरक अनुभव भएको सुनाए ।
उनले भने, ‘एउटा खेलाडीको रुपमा अर्कै दबाब हुन्छ भने व्यवस्थापक बन्दा छुट्टै दबाब हुँदो रहेछ । खेलाडीनै भएकाले मैदानको दबाब सहने बानी भैसकेको हुन्छ । तर, मैदान बाहिरको दबाब प्रतियोगिताभर हुने रहेछ ।’

उनले थपे, ‘मैले हेरिरहेको टिममा केही नराम्रो हुन्छ की । टिमलाई केही पुगेन की । व्यवस्थापक भएपछि गर्नु पर्ने केही अरु पनि थियो की । अझ के गर्दा राम्रो हुुन्छ । के दिँदा राम्रो हुन्छ । आदी इत्यादी विषय सोचिने रहेछ । जसले केही दबाब सृजना भइहन्छ ।’

उनले एनएसएलका लागि पहिलो संस्कणमा व्यवस्थापकको भुमिकामा देखिए पनि आफु खेलाडी नै रहेको बताए । उनले यस संस्करणका लागि मात्रै व्यवस्थापकको भुमिका निभाएको जानकारी दिए ।

‘प्लेयर बक्समा व्यवस्थापकको रुपमा बसे पनि म खेलाडी हो । मैदानमा उनीहरुले खेल्दा यता मेरो पनि खुट्टा चलिरहेको हुन्छ । खेलाडीले बल हान्दा मेरो खुट्टाले पनि बल हान्न खोज्छ ।’ उनले भने, ‘बक्समा बस्दा मैले गोल गर्थे भन्दा पनि मैले खेल्न पाए मात्रै हुन्थ्यो जस्तो लाग्छ । केही मात्रामा भएपनि टोलीलाई बल पुग्ने थियो कि भन्ने सोचिने रहेछ ।’

सुजलले आफु व्यवस्थापक भएको टोलीको स्कोर नहुँदा निकै दुख लाग्ने गरेको बताए । उनले खेलाडीले मिहिनेत गर्दा गर्दै पनि स्कोर नहनुु दुखद भएको बताए ।

‘टोलीको स्कोरिङ निस्केको छैन । यो हैन कि खेलाडीले मिहिनेत गरेका छैनन् । आफुले सक्ने प्रयास गरिरहेका छन् । प्रयास नगरेको भए अर्को कुरा हुन्थ्यो । तर उनीहरुले सक्दो शक्ति दिएका छन् ।’ उनले भने, ‘कहिले काँही त्यस्तो हुन्छ । म पनि खेलाडी हो । त्यो पिडा मसँग पनि छ । त्यसैले म फरवार्ड लाइनलाई दोष दिन चाहन्न ।’

चोटका कारण एनएसएल गुमाएपनि उनले आफु चोटबाट मुक्त भएको जानकारी दिए । उनले आफु पूर्ण फिट नभएपनि पहिले भन्दा धेरै ठिक भईसकेको बताए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल
क्वार्टरफाइनलमा रियल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP