आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

फ्रेन्चाईज फुटबलको डर !

आइतबार, १९ बैशाख २०७८हिम बिक्रम केसी
फ्रेन्चाईज फुटबलको डर !
Loading ad...
mustang rice ad

काठमाडौं । एन्फा नेतृत्वमा आउने बित्तिकै अध्यक्ष कर्माछिरिङ शेर्पा विवादको घेरामा परे । रेलिगेशन बिनाको लिग गरेर ।

उनी नेपाली फुटबलमा युगान्तकारी परिवर्तन गर्ने नारा सहित एन्फाको बागडोर सम्हाल्न आएका थिए । तर सुरुमै रेलिगेशन बिनाको लिग गरे । संसारमा कतै हुने फुटबल नेपालमा, धेरैले यस्तै भने ।

एन्फामाथि लिग फुटबलको आत्मा मारेको आरोप लाग्यो । फुटबल बदल्ने नारा सहित फुटबलको सत्तामा पुगेको शेर्पाले पहिलो वर्षमै धेरै आरोप र आक्रमण खेपे ।

एन्फाभित्रको विवादले फुटबलका धेरै वार्षिक कार्यक्रम प्रभावित थिए । उमेर समूहको स्कुल फुटबल त्यसमध्यको एक थियो । त्यसअघि कोकाकोला कपको नाममा विद्यालय प्रतियोगिता हुन्थ्यो । नेतृत्वमा आईसकेपछि वार्षिक कार्यक्रम सञ्चालन गर्ने दबाबमा थिए, शेर्पा । उनी विद्यालय फुटबल प्रतियोगिता गर्ने योजना थिए । प्रायोजक भेटिरहेका थिएनन ।

मुख्य प्रायोजक कोकाकोलाले साथ छोडेको थियो । शेर्पा नयाँ प्रायोजक खोजीरहेका थिए । सोही दौरान भेटिए, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी । भेटमा शेर्पाले विद्यालय फुटबलको प्रस्ताव चौधरीसामु राखे । फुटबलको सम्भावना देखाए ।

May be an image of 1 person, standing, playing a sport and text that says '砂 Cュ한 -कप PokesUp khukri Khukri खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.comखेलपाटी'

तत्कालिन समय क्रिकेटको चर्चा उत्कर्षमा थियो । फ्रेन्चाईज क्रिकेटले बजार पिटेको थियो । एन्फा अध्यक्ष शेर्पा त्यसबाट लोभिएका थिए । उनी क्रिकेटमा सफल बनेको फ्रेन्चाईज फुटबलमा प्रयोग गर्न चाहन्थे । भेटघाटको अन्त्यमा शेर्पाले फुटबलमा आउन चौधरीलाई आग्रह गरे ।

शेर्पालाई चौधरीले रित्तो हात फर्काएनन् । विद्यालय फुटबलमा ‘क्विक्स’को प्रायोजन दिए । र फ्रेन्चाईज फुटबल आयोजनाको सहमति मागे । शेर्पा र चौधरी मिलेर सन् २०१९ को नयाँ वर्षकाे दिन पारेर महत्वकांक्षी परियोजनाको नेपाल सुपर लिग (एनएसएल)को संयुक्त घोषणा गरेका थिए ।

अब खेल्छ नेपाल ! एनएसएलको ‘स्लोगन’ हो यो । तर चौधरीले खेलाउन चाहेको फुटबल कतिलाई चित्त बुझेको भने छैन । अझ 'ए' डिभिजन क्लब एनएसएलबाट बढी सशंकित छन् । फ्रेन्चाईज फुटबलले 'ए' डिभिजन लिगको अस्तित्व संकटमा पार्ने क्लबको बुझाई छ । पदाधिकारी भन्न त सक्दैनन्, तर कर्पोरेटले गरेको आक्रमक लगानी र प्रचारबाट क्लबहरु आत्तिएका छन् । छिमेकी भारतमै भारतीय सुपर लिग (आईएसएल)ले शीर्ष डिभिजनको आईलिग ओझेलमा पारेको धेरैले देखेका छन् ।

फ्रेन्चाईज फुटबलमा नेपालका कर्पोरेट हाउस लगानी गर्न अघि सरेका छन् । उनीहरुसँग पैसामात्र छैन, समाज र बजार बुझेको चेतना र ज्ञान छ । दक्ष जनशक्ति छन् । लगानीलाई नाफामा परिणत गर्ने दीर्घकालिन योजना छ ।

नेपालका 'ए' डिभिजन लिग खेल्ने क्लबको डर यहीँनेर हाे ।

May be an image of 5 people, people playing sports and outdoors

नेपालको फुटबल काठमाडौं उपत्यका केन्द्रित छ । जति क्लब छन्, काठमाडौं वरपरका छन् । घरेलु फुटबलको संरचनालाई लिएर निकै बहश भए । धेरैको गुनासो छ, देश संघीयतामा गएपनि फुटबल बिकेन्द्रिकरण हुन सकेन । राजधानीका अधिकांश क्लब काठमाडौं उपत्यका छाड्न तयार छैनन् । उपत्यका बाहिरका क्लबले शीर्ष डिभिजनको लिग खेल्ने ठोस संरचना एन्फाले बनाउन सकेको छैन । वर्तमान संरचनामा मोफसलका क्लब काठमाडौं छिर्न नसक्ने अवस्था छ ।

एसियाली फुटबल महासंघ (एएफसी)ले पछिल्लो समय क्लब लाईसेन्सिङ प्रणाली लागु गरेको छ । क्लबको आफ्नै एकेडेमी, खेल्ने मैदान, युवा खेलाडी विकासको योजना सहितको प्रावधानलाई अनिवार्य गरिएको छ । तर उपत्यकाका अधिकांश क्लबले एएफसी क्लब लाईसेन्सिङका प्रावधान पुरा गर्न सक्ने देखिदैन । दैनिक अभ्यास गर्ने मैदान नभएका 'ए' डिभिजन क्लबलाई एकेडेमी सहितको खेल मैदान उपत्यकाभित्र असम्भव प्राय देखिन्छ ।

May be an image of 4 people, people standing, outdoors and text that says 'T 3 ehuk खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com Internation eHub खेलपाटी khelpati.com खेलपाटी khelpati. com खेलपाटी khelpati.com KNP'

एन्फाको ‘टालटुले’ लिग र क्लबको ‘लटरपटर’ फुटबलको भद्दा मजाक अब धेरै नचल्ने देखिन्छ । एन्फाले दिने लिगको तयारी खर्चबाट बचत गर्ने धेरै क्लब यहाँ छन् । केही क्लब छन्, जो वर्षको करोड बढी रकम खर्च गर्छन् । तर ती नगन्य छन् ।

एक हिसाबले अहिलेसम्म नेपाली फुटबल यिनै क्लबले धाने । जसो जसो चल्दै आयो, उस्तै गरे ।

जस्तो बाहुन, उस्तै स्वाहा भने जस्तै ।

यिनै क्लबसँग फुटबलको ईतिहास छ, संस्कृति छ ।

तर आर्दश र ईतिहासले मात्र अब आधुनिक फुटबल अघि बढ्न सक्दैन । क्लबहरु फेरिनै पर्छ । संरचनागत सुधार गर्नैपर्छ । व्यवसायिक हिसाबले सोच्नैपर्छ । चल्नैपर्छ । चन्दाकाे फुटबल अब चल्दैन ।
टर्रो सुनिएला, तर दर्शकको गाेजीबाट पैसा तान्ने ‘स्किम’ क्लबले ल्याउनैपर्छ ।

अहिले एनएसएल बजारकाे ‘हटकेक’ बनेकाे छ । 'ए' डिभिजन भर्सेस फ्रेन्चाईज फुटबलको नयाँ बहस सुरु भएको छ ।

भन्न धक मान्नु पदैन, फ्रेन्चाईज फुटबल ए डिभिजन क्लबका लागि ‘थ्रेट’ हो । पुराना क्लब सुध्रने कि सक्किने ? निर्णय उनीहरुकै हातमा छ ।

एनएसएलको अहिले पहिलो सिजन चलिरहेको छ । दुई महिनाको विन्डो यसले पाएको छ । पहिलो संस्करण २२ दिन चल्नेछ ।

May be an image of 7 people, people standing, people playing sports and outdoors

पक्का छ, अर्को सिजन एनएसएल ‘होम एण्ड अवे’ हुनेछ । दुई महिना चल्नेछ । पुराना क्लब नसुध्रने हो भने एनएसएलका टिमहरु अब मोफसल छिर्नेछन् । फुटबल खेलमात्र हैन, पैसा पनि हो । उनीहरु मोफसलमा खेल्नेमात्र छैनन्, करोडौ रकम सोर्न सुरु गर्नेछन् ।

सामान्यतया गोल्डकपमा मोफसलका रंगशाला भरिन्छन् । अब फ्रेन्चाईज फुटबलका स्टार खेलाडी पुर्वको विराटनगरदेखि सुदुरपश्चिमको धनगढी रंगशालामा उत्रिदा घरेलु दर्शक कति होलान् ?

हामी अहिले सोच्न मात्र सक्छौं ।

घरेलु फुटबल बदलिदो परिवर्तनलाई नेपालका परम्परागत क्लबले बुझ्न जरुरी छ । क्लबहरु एन्फाको तयारी खर्च, सामान्य प्रायोजक र केही लाख चन्दामै आफ्नो भविष्य देखे। उनीहरुले काठमाडौं बाहिरको फुटबल बजार सधै नजर अन्दाज गरे । सुनको कचौरा थापेर सधै फलामको व्यापारमा तल्लिन रहे ।

एनएसएल त्यही बजार ‘क्यास’ गर्न उद्धत देखिन्छ । क्लबले फुटबलमा लगानी त गरे, तर त्यसलाई व्यवसाय बनाउन सकेनन् । एनएसएल त्यही फुटबललाई व्यवसायीकरण बनाउन चाहन्छ । अब ए डिभिजनका क्लब एन्फालाई दबाब दिएर मोफसल छिर्ने कि एनएसएललाई बजार सुम्पिने ? बल क्लबहरुकै कोर्टमा छ ।

सच्चिनु वा सक्किनुको विकल्प अब 'ए' डिभिजनका क्लबसामु छैन ।

एनएसएल छोटो तयारीमा सुरु भयो । तर यसले बजार हल्लाएको छ । एन्फालाई ए डिभिजन लिगको प्रशारण अधिकार वर्षको ३५ लाखमा बेच्न गाह्रो छ । एनएसएलको पहिलो सिजनकै प्रशारण अधिकार झण्डै करोडमा बिक्री भएको चर्चा छ । यसबाटै अनुमान लगाउन सकिन्छ, फ्रेन्चाईज फुटबल कसरी अघि बढ्न खोज्दैछ ।

May be an image of ‎2 people, people playing football, outdoors and ‎text that says '‎Bا IME खेलपाटी khelpati heai.cmीkhelpati.com .com खेलपाटी khelpati.com खेलपाटी ×H×× खेलपाटी khelpati.com खेलपाटी khelpati.com‎'‎‎

कुनैपनि देशमा शीर्ष डिभिजनको दुईटा लिग हुदैन । एनएसएललाई एन्फाले कुनै डिभिजन दिएको छैन ।

एनएसएलको आगमनसंगै फ्रेन्चाईज फुटबल भर्सेस ए डिभिजन लिगको बहश सुरु भएको छ । विस्तारै यसमा लडाँई सुरु हुनेछ । यो बहश अझै तात्तिनेछ । अझ मुर्झाउनेछ ।

एकपछि अर्को विवाद निस्कनेछ । तर अबको बहसमा 'ए' डिभिजनका क्लबले मोफसल झर्दिन भन्न पाउने छैनन् । लिग खेल्दिन भनेर धम्की दिन पाउने छैनन् । नेतृत्वलाई घुँडा टेकाउन सक्नेछैनन् । किनकी अब काठमाडौं केन्द्रित फुटबलको विकल्प तयार हुँदैछ ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

चल्नै सकेका छैनन् स्यामसन

चल्नै सकेका छैनन् स्यामसन

इटालीलाई अब एक खेलको नतिजाको प्रतीक्षा

इटालीलाई अब एक खेलको नतिजाको प्रतीक्षा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल