• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रेफ्रीको निर्णयमाथि प्रश्न
दिपेश तिमल्सिना
आइतबार, वैशाख १९, २०७८ दिपेश तिमल्सिना
रेफ्रीको निर्णयमाथि प्रश्न

काठमाडौं । फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत शनिबार दोस्रो खेलमा बुटवल लुम्बिनी एफसी र विराटनगर सिटी एफसीले प्रतिस्पर्धा गरे । खेलको निर्धारित ९० मिनेटमा खेलमा बुटवल २–१ ले अघि थियो ।

निर्धारित समय सकिएपछि ७ मिनेटको इन्जुरी समय सुरु भयो । इन्जुरी समयको दोस्रो मिनेटमा मैदानको बाँया भागतर्फ करिब २५ यार्डमा विराटनगरले फ्रि–किक प्राप्त गर्यो ।

विराटनगरका स्ट्राइकर सुनिल खड्कालाई बुटवलका डिफेन्डर रवी थापा मगरले फाउल गरेको भन्दै रेफ्री प्रज्वल क्षेत्रीले फ्रि–किक दिए । सन्तोष तामाङको क्रसमा सुनिल खड्काले गोल गर्दै खेल बराबरीमा ल्याए ।

तर सो फ्रि–किकप्रति बुटवलका प्रशिक्षक सनोज श्रेष्ठले पोस्ट म्याच कन्फरेन्समा असन्तुष्टि जनाए । उनले फिजिकल कन्ट्याक्ट नहुँदै रेफ्रीले फ्रि–किकको सिग्नल दिएको आरोप लगाए ।

‘रेफ्रीको निर्णय सन्तोषजनक भएन । फिजिकल कन्ट्याक्ट नहुँदा पनि फ्रि–किक दियो । त्यही गोल खान पुग्यौ ।’ उनले भने, ‘रेफ्रीको निर्णयप्रति म मात्र हैन, दुवै पक्ष असन्तुष्ट छौ । अन्यले पनि रेफ्रीको निर्णय भएन भनेका छन् । साँचै रेफ्रीको निर्णय कमजोर भएको छ ।’

May be an image of 6 people, people standing and text

श्रेष्ठले मात्र हैन, उनीपछि आएका विराटनगरका प्रशिक्षक यान लले रेफ्रीको निर्णयप्रति निकै आक्रोश पोखे । उनले नेपालमा जस्तो रेफ्रीको विवादित निर्णय आफ्नो करियरमा कही नदेखेको दाबी गरे ।

भारतको प्रतिष्ठित आई लिग टोली सम्हालेको अनुभव भएका प्रशिक्षक लले रेफ्रीको निर्णयले नेपाली फुटबलको विकासमा असर गर्ने धारणा राखे । उनले बुटवल र विराटनगरविरुद्धको खेलमा रहेका रेफ्रीमाथी मात्र नभएर समग्र लिगनै खेलाएका रेफ्रीको निर्णयप्रति प्रश्न गरेका थिए ।

‘नेपाली रेफ्रीको निर्णय राम्रो भएन । यो खेलमा रेफ्रीले गरेको निर्णय मात्र भनेको हैन । लिगका धेरै खेलमा रेफ्रीको निर्णय सन्तोषजनक भएन ।’ लले भने, ‘नेपालमा एनएसएलले व्यवसायीक फुटबलका लागि राम्रो प्रयास गरेको छ । यसले नेपाली खेलाडीका लागि ठूलो अवसर सृजना गरेको छ । सहभागी टोलीले राम्रो गरेका छन् । तर लिगका रेफ्री स्तरीय हुन सकेनन् ।’

उनले आयोजकको व्यवस्थापनमा कुनै कमजोरी नभएको बताए । तर रेफ्रीको निर्णयले नेपालको व्यवसायिक फुटबल विकासमा असर पर्न सक्ने उनको धारणा छ ।

उनले भने, ‘आजको खेलमा विजय भएपनि रेफ्रीको निर्णयप्रति बोल्ने थिए । प्रशिक्षकले आफ्नो गल्ती लुकाउन रेफ्रीको निर्णयप्रति बोल्यो भन्ने होला । तर, बराबरी खेल्दा पनि हामी दुबै टोलीका प्रशिक्षक यसको आवाज उठाउँदै छौ । यो सामान्य विषय हैन ।’

यसअघि शनिबारनै धनगढी एफसी र एफसी चितवनबीच भएको दिनको पहिलो खेलमा पनि रेफ्रीको निर्णयप्रति प्रश्न उठेको थियो । खेलको ७९ औं मिनेटमा चितवन २–० ले पछि परेको अवस्थामा गोरान जेकोभिचले गरेको गोललाई रेफ्रीले अफसाइड दिए । गोरानले रुडी जोनाथनको क्लोज पासमा गोल गरेका थिए । तर लाइन रेफ्री नानीराम थापाले अफसाइडको इसारा गरेपछि रेफ्री कविन ब्यन्जनकारले गोललाई मान्यता दिएनन् ।

भिडियो रिप्लेमा भने गोल प्रस्ट थियो । सो गोललाई मान्यता नदिएपछि खेलनै परिवर्तन भएको प्रशिक्षक मेघराज केसीले पत्रकार सम्मेलनमा बताए । उनले रेफ्रीको निर्णयले गर्दा खेलाडीको शारिरिक हाउभाउनै परिवर्तन भएको र खेलको गति कम भएको बताए ।

त्यस लगत्तै चितवनले तेस्रो गोल खान पुग्यो । मैदानको दायाँ भागबाट दिएको क्रममा ओलावले आफिजले गरेको प्रहारलाई मिडफिल्डर बुद्धबल तामाङले गोल गरेका थिए । त्यो गोल रेफ्रीको निर्णयपछि चितवनका खेलाडीमा आएको नैराश्यताको उदाहरण थियो ।

No description available.

रेफ्री ब्याच नभएका रेफ्री

काठमाडौं रेजर्स र पोखरा थन्डर्सबीच भएको लिगको नवौं खेलमा रेफ्रीको भूमिका नविन्द्र महर्जनले निभाएका थिए । लाइन रेफ्रीमा रोजेन श्रेष्ठ र गणेश चौधरी थिए । फोर्थ अफिसियलमा रहेका प्रज्वल क्षेत्री र नविनले फिफा रेफ्रीको ब्याच लगाएका थिए । तर लाईन रेफ्री रोजेन र गणेशले भने रेफ्रीको ब्याच लगाएका थिएनन् ।

रोजेन रेफ्री डेभलपमेन्ट अफिसर हुन् । रेफ्री छोडेर उनी एन्फाको रेफ्री डेभलपमेन्ट अफिसर बनेका थिए । रेफ्रीको विकासका लागि हिडेका रोजेन आफै ब्याच विनानै मैदानमा खेल खेलाईरहेका छन् ।

फ्रेन्चाईज लिगका टेक्निकल हेड संजिव मिश्रले रेफ्रीको ब्याचको विषयमा आफुलाई थाहा नभएको प्रतिक्रिया दिए ।

उनले भने, ‘खेल खेलाउने रेफ्रीले ब्याच नै नलगाएको भन्ने हुँदैन । खेल खेलाउँदा सामान्यः रेफ्रीले ब्याच लगाउने गर्दछन् । तर तिनीहरुले किन लगाएनन्, त्यो विषयमा मलाई थाहा भएन ।’

हुन त एन्फामा एक जिम्मेवारी सम्हालेका व्यक्ति अर्को जिम्मेवारीमा देखिनु कुनै नौलो विषय हैन । तर रेफ्री छोडेर यस वर्षको फिफा रेफ्रीको ब्याच नविकरण नगरेका रोजेन ब्याच विना मैदानमा देखिएका छन् ।

May be an image of 7 people, people standing and text that says 'THUNDERS Khukri NEPAL SUPER LEAGUE CCHITWAN Ray2Rs Khukri XXX RUM नेपाल! 19 18 खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटीkhelpati.com खेलपाटी S Û खेलपाटी khelpati.com खेलपाटी khelpati.com khelpati.com'

एन्फाको रेफ्री विभाग प्रमुख गोकुल थापाले रोजेनले फिफा रेफ्रीको ब्याच नविकरण नगरे पनि उनी योग्य रेफ्री भएको तर्क गरे । उनले रोजेनसँग ब्याच नभएपनि राष्ट्रिय रेफ्री रहिरहने दलिल पेश गरेका छन् ।

‘उनले रेफ्रीको ब्याच नविकरण गरेनन् भनेर खेलाउनै नपाउने भन्ने हुँदैन । राष्ट्रिय टोलीबाट सन्यास लिएका खेलाडीले खेल्न पाउने, रेफ्री छोडेकाले रेफ्री गर्न नपाउने ?’ लिगमा म्याच कमिस्नर समेत रहेका उनले प्रति प्रश्न गरे ।

‘ब्याच लगाउनै पर्छ र ? धेरै रेफ्री पनि ब्याच लगाएका छैनन् । गणेश चौधरीले पनि ब्याच लगाएका थिएनन् ।’ थापाले भने ।

उनले थपे, ‘हामीले ब्याच छाप्न दिएका थियौ । लकडाउनले गर्दा ब्याच छाप्न ढिलाई भएको हो । छापेर आएपछि लगाउने छन् ।’

No description available.

जुन सुकै स्तरका रेफ्रीले पनि प्रत्येक वर्ष आफ्नो रेफ्री ब्याच नविकरण गर्नु पर्ने प्राबधान छ ।

रेफ्री ब्याच नविकरणका लागि एन्फाले लिखित र फिजिकल जाँच लिने गर्दछ । लिखित र फिजिकलमा सहभागी भएर पास भएका रेफ्रीको मात्र ब्याच नविकरण हुने गर्दछ ।

तर एन्फाले प्राविधिक सहयोग गरेको फ्रेन्चाईज लिगमा रेफ्रीले ब्याच विनानै प्रतियोगिता खेलाईरहेका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोमाञ्चक समूह ‘एफ’को अंक तालिका
रोमाञ्चक समूह ‘एफ’को अंक तालिका
बंगलादेश पहिलोपल्ट एसियन कपमा छनोट
बंगलादेश पहिलोपल्ट एसियन कपमा छनोट
सावित्राको ह्याट्रिकमा नेपालको लगातार दोस्रो जित
सावित्राको ह्याट्रिकमा नेपालको लगातार दोस्रो जित
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
रोमाञ्चक समूह ‘एफ’को अंक तालिका
रोमाञ्चक समूह ‘एफ’को अंक तालिका
बंगलादेश पहिलोपल्ट एसियन कपमा छनोट
बंगलादेश पहिलोपल्ट एसियन कपमा छनोट
सावित्राको ह्याट्रिकमा नेपालको लगातार दोस्रो जित
सावित्राको ह्याट्रिकमा नेपालको लगातार दोस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP