एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा चेल्सीले रेलिगेसन क्षेत्रको फुलहमलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन काइ हाभर्ट्जले दुई गोल गरे ।

स्टामफोर्ड ब्रिजमा खेलको १० औं मिनेटमा हाभर्ट्जले गोल गर्दै टिमलाई १-० को अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ४९ औं मिनेटमा हाभर्ट्जले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए ।
जितसँगै चेल्सीले ३४ खेलमा ६१ अंक जोडेको छ । चेल्सी लिगको चौंथो स्थानमा रहेको छ ।
फुलहम २७ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।
