पीएसजी शीर्ष स्थानमा
शनिबार, बैशाख १८, २०७८खेलपाटी संवाददाता
एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार राति भएको खेलमा लेन्सलाई २-१ गोल अन्तरले पराजित गर्दै पीएसजी शीर्ष स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन नेयमार र मार्क्विन्होसले एक एक गोल गरे ।
लेन्सका इग्नाटिउस गनागोले एक गोल फर्काए ।
खेलको ३३ औं मिनेटमा नेयमारले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
खेलको ५९ औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै पीएसजीलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ६१ औं मिनेटमा लेन्सका गनागोले एक गोल फर्काएपनि पीएसजी २-१ ले विजयी भयो ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको पीएसजीले ३५ खेलमा ७५ अंक जोडेको छ ।
लेन्स ५६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।









-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)