एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले साँघुरो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा एट्लेटिकोले इल्चेलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
इल्चेको मैदानमा एट्लेटिकोलाई जित दिलाउन मार्कुस लोरेन्टले निर्णायक गोल गरे ।
लोरेन्टले खेलको २३ औं मिनेटमा गोल गरेका थिए ।

यस्तै खेलको इन्जुरी समयमा इल्चेका फिडेल चाभेसले पेनाल्टीमा गोल गर्न सकेनन् ।
उनको प्रहारले पोस्टको दिशा लिन सकेको थियो । जसको कारण इल्चे घरेलु मैदानमा पराजित हुनु पर्यो ।
यस जितसँगै एट्लेटिकोले शीर्ष स्थानमा पाँच अंकको अग्रता बनाएको छ ।
एट्लेटिकोले ३४ खेलमा ७६ अंक जोडेको छ ।
दोस्रो स्थानको रियलको ७१ अंक रहेको छ ।
पराजित इल्चे ३० अंक जोडेर १८ औं स्थानमा रहेको छ ।