सिटी उपाधि नजिक
शनिबार, बैशाख १८, २०७८खेलपाटी संवाददाता
एजेन्सी । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि नजिक पुगेको छ ।
शनिबार भएको खेलमा क्रिस्टल प्यालेसलाई २-० गोल अन्तरले पराजित गर्दै सिटी उपाधि नजिक पुगेको हो ।
क्रिस्टलको मैदानमा सिटीलाई जित दिलाउन सर्जियो अग्युरो र फरान टोरेसले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सिटीले दोस्रो हाफको तीन मिनेटभित्र २ गोल गरेको थियो ।
खेलको ५७ औं मिनेटमा अग्युरोले गोल गर्दै सिटीलाई १-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ५९ औं मिनेटमा टोरेसले गोल गर्दै सिटीलाई २-० को जित दिलाए ।
जितसँगै सिटीले ३४ खेलमा ८० अंक जोडेको छ । सिटी दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड भन्दा १३ अंकले अघि रहेको छ ।
युनाईटेडको ६७ अंक रहेको छ ।
अब आइतबार युनाईटेड लिभरपुलसँग पराजित भएमा सिटीले उपाधि जित्नेछ ।
क्रिस्टल ३८ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।







-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

