आइतबार, २२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

बुटवल र विराटनगरको रोमान्चक बराबरी  

शनिबार, १८ बैशाख २०७८खेलपाटी संवाददाता
बुटवल र विराटनगरको रोमान्चक बराबरी  
Loading ad...
mustang rice ad

काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा बुटवल लुम्बिनी एफसी र विराटनगर एफसीले बराबरी खेल्दै अंक बाडेका छन्  ।

शनिबार भएको खेलमा बुटवल र विराटनगरले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका हुन्  ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई पटकको अग्रता जोगाउन नसक्दा बुटवलले विराटनगरसँग बराबरी खेलेको हो ।

बुटवलका लागि ओमोलाजा नुरिन करिम र लक्ष्मण रुचालले एक एक गोल गरे । विराटनगरका पेड्रो मान्जी र सन्तोष तामाङले एक एक गोल फर्काए ।

रोमान्चक बनेको पाँचौ मिनेटमा बुटवलका आमिर श्रेष्ठको फ्रिकिक विराटनगरका गोलकिपर किशोर गिरिले उत्कृष्ट बचाऊ गरे ।

खेलको छैटौं मिनेटमा ओमोलाजा नुरिन करिमले गोल गर्दै बुटवललाई १-० को अग्रता दिलाए । कर्नरबाट आएको बलमा विराटनगरका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई पेनाल्टी क्षेत्रमा रहेका करिमले बललाई पोस्टले जाली चुमाए ।

खेलको ३१ औं मिनेटमा बुटवलका विलियम ओपुकुको लामो प्रहार विराटनगरका गोलकिपर किशोर गिरिले मुश्किलले बचाए ।

तर, खेलको ४२ औं मिनेटमा पेड्रो मान्जीले गोल गर्दै विराटनगरलाई १-१ गोलको बराबरीमा ल्याए । एडिलाजा सोमिडेको पासमा करिब २० यार्ड टाढाबाट पेड्रोले उत्कृष्ट गोल गरे ।

पहिलो हाफ बराबरीमा सकिएको खेल दोस्रो हाफमा समेत दुबै टिमले आक्रमण खेल पस्कियो ।

खेलको ६८ औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै बुटवललाई २-१ को अग्रता दिलाए । विलियमको क्रसमा अनमार्क रहेका लक्ष्मणले सहज गोल गरेका हुन् ।

खेलको ९० औं मिनेटमा विराटनगरका पेड्रोको पेनाल्टी बक्स क्षेत्रबाटको हेडर बल पोस्टको माथिबाट गएको थियो ।

Image

तर, खेलको इन्जुरी समयमा सन्तोष तामाङले फ्रिकिकमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । सन्तोषको फ्रिकिक बुटवलका गोलकिपर विशाल श्रेष्ठले ठम्याउन सकेनन् ।

खेलमा विराटनगरका पेड्रो प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे ।

इमर्जिङ प्लेयर अफ दि म्याच बुटवलका सुमन लामा चुनिए । उनले १० हजार प्राप्त गरे ।

Image

यस बराबरीसँगै बुटवलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

बुटवलले ३ खेलमा ५ अंक जोडेको छ । बुटवल लिगको दोस्रो स्थानमा रहेको छ ।

विराटनगरले ३ खेलमा ४ अंक जोडेको छ । विराटनगर तेस्रो स्थानमा रहेको छ ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

मियामीलाई मेसीले जोगाउन सकेनन्

मियामीलाई मेसीले जोगाउन सकेनन्

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

मियामीलाई मेसीले जोगाउन सकेनन्

मियामीलाई मेसीले जोगाउन सकेनन्

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

चाँडै मैदान फर्किने छैनन् बेकर

चाँडै मैदान फर्किने छैनन् बेकर

फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच