पहिलो हाफमा बुटवल र विराटनगरको बराबरी
शनिबार, बैशाख १८, २०७८खेलपाटी संवाददाता
.jpg&w=3840&q=75)
काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत अहिले बुटवल लुम्बिनी एफसी र विराटनगर एफसीबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा बुटवल र विराटनगरले १-१ गोलको बराबरी खेलेका छन् ।
खेलको छैटौं मिनेटमा ओमोलाजा नुरिन करिमले गोल गर्दै बुटवललाई अग्रता दिलाएका थिए ।
तर, खेलको ४२ औं मिनेटमा पेड्रो मान्जीको गोलबाट विराटनगरले बराबरी गोल फर्काएको हो ।
बुटवल २ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
पहिलो खेलमा पोखरा एफसीलाई २-० ले हराएको बुटवल दोस्रो खेलमा भने चितवनसँग बराबरीमा रोकिएको थियो ।
विराटनगर २ खेलमा ३ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।
पहिलो खेलमा धनगढीलाई पराजित गरेको विराटनगर दोस्रो खेलमा पोखरासँग पराजित भएको थियो ।







-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

