एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेससँग प्रतिस्पर्धा गर्दैछ ।
उपाधि नजिक रहेको सिटीले क्रिस्टलसँग उसैको मैदानमा खेल्नेछ । सिटी र क्रिस्टलबीचको खेल साँझ ५:१५ बजे सुरु हुनेछ ।
क्रिस्टलको मैदानमा सिटी जित निकाल्दै उपाधिको पकड थप बलियो बनाउन चाहन्छ ।
तर, घरेलु टिमविरुद्ध सिटीलाई जित निकाल्न सहज भने हुने छैन ।
सिटी ३३ खेलमा ७७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
क्रिस्टल ३२ खेलमा ३८ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै चेल्सीले फुलहमसँग खेल्नेछ ।
चेल्सी ५८ अंक जोडेर लिगको चौंथो स्थानमा रहेको छ ।
फुलहम २७ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।
अर्को खेलमा ब्राइटनले लिड्स युनाईटेडसँग खेल्नेछ ।