• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
NEPAL SUPER LEAGUE
  • गृहपृष्ठ
  • NEPAL SUPER LEAGUE
काठमाडौंलाई राहत, अरुलाई आहत
दिपेश तिमल्सिना
शनिबार, वैशाख १८, २०७८ दिपेश तिमल्सिना
काठमाडौंलाई राहत, अरुलाई आहत

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तालिकालाई लिएर सुरुमै धेरै प्रश्न उठेका थिए । लगातारको खेल अनि खेलाडीलाई रिकभरीको समय नपुग्ने प्रश्न आयोजक सामु तेर्सिएका थिए ।

एनएसएलका निर्देशक श्रियन्स कार्कीले फिफाको नियम अनुसारनै समय पुर्र्याएर तालिका सार्वजनिक गरेको बताएका थिए । उनले फिफाको नियम अनुसार ४८ घण्टा समय छुट्टाएर खेल तालिका सार्वजनिक गरेको बताएका थिए । उनको जिकिर थियो, छोटो समयका कारण धेरै समय ग्याप राख्न सकिएन ।

प्रिमियर लिग फुटबलको प्रसङ्ग कोट्याउँदै उनले भनेका थिए, ‘प्रिमियर लिगमा लामो समयको खेल तालिका छ । त्यसमा ७२ घण्टा अनिवार्य क्लबलाई विश्राम दिनु पर्ने भन्ने छ । तर, हामीले छोटो समयमा लिग सक्नु पर्नेछ । त्यसैले हामीले कम्तिमा पनि ४८ घण्टा सबै क्लबलाई रिकभरी समय दिएका छौ ।’

एनएसएलको तेस्रो चरणको खेल नसकिदै व्यस्त खेल तालिकाले खेलाडी र क्लबलाई समस्यामा पारेको छ । पर्याप्त रिकभरीको समय नपाएको उल्लेख गर्दै क्लबहरुले खेलाडी गुमाउनुपरेको दुखेसो पोख्न थालेका छन् ।

तेस्रो चरणको खेल नसकिदै धनगढी फुटबल क्लबका प्रशिक्षक युगल किशोर राईले खेलाडीले रिकभरी हुने समय नपाएको गुनासो गरेका छन् । लगातारको खेलका कारण खेलाडीको मसल्समा समस्या भइरहेको बताए । उनले खेलाडीको मसल्समा आएको समस्याका कारण खेलाडीले सोचे अनुसारको प्रदर्शन गर्न नसकेको उल्लेख गरे ।

उनले भने, ‘रिकभरी समय थोरै छ । यो सबै क्लबलाई यस्तै हो । तर कसलाई कति पर्यो भन्ने ठुलो विषय हो । चोटकै कारण हामीले केही खेलाडी गुमाईसकेको छौ । अब रिकभरी समय कसरी मिलाउने समस्या भइरहेको छ । किनभने हाम्रो खेल तालिका छिटो–छिटो छ ।’

तालिकालाई नियाल्दा सबैभन्दा मारमा धनगढी एफसी परेको छ । धनगढी एक्लो टोली हो, जसले लगातार चार खेल ४८ घण्टाको अन्तरालमा खेल्नु पर्नेछ । धनगढीले पहिलो खेल १२ गते विराटनगर सिटी एफसीसँग खेल्यो । लगातार ४८ घण्टको फरकमा १४ र १६ गतेको खेलिसकेको छ । अब ४८ घण्टाको अन्तरालमा धनगढीले १८ गते चितवन एफसीसँग आफ्नो चौथो खेल खेल्दैछ । त्यसपछि पाँचौ खेलका लागि धनगढीलाई ९६ घण्टाको रिकभरी समय छ ।

जेठ १ बाट अखिल नेपाल फुटबल संघ एन्फाले विश्वकप छनोटका लागि बन्द प्रशिक्षणको तयारी थालेको छ । विश्वकपको तयारी नजिकिदै गएकाले सिमित समयमा लिग सक्नै पर्ने भएर खेल तालिका टाइट भएको एनएसएलका निर्देशक कार्कीले बताए । उनले लिग छोटो समयमा सक्नु पर्ने भएकाले विवादरहित तालिका सार्वजनिक गरेको विश्वास व्यक्त गरेका थिए । उनले तीन टिमले ४८ घण्टा कम्तिमा समय पुर्याएर खेल्नु पर्ने बाध्यता भएकाले तालिकामा समस्या जस्तो देखिएको हुन सक्ने धारणा राखे ।

एनएसएलको सम्पुर्ण प्राविधिक सहयोग एन्फाले गरेको हो । तर तालिकालाई लिएर सुरुमै केही क्लब र प्रशिक्षकले आपत्ती जनाएका थिए । सार्वजनीक रुपमा मुख नखोले पनि धेरैले काठमाडौं रेजर्सको खेल्ने तालिकालाई लिएर असन्तुष्टि जनाएका छन् । घरेलु फुटबलमा नतिजालाई प्रभावित पार्न अनेक दाउपेच हुन्छ । एनएसएलका खेल सुरु नहुँदै तालिकाबाट दाउपेच सुरु भएको केही क्लब र पदाधिकारीको आरोप छ ।

तालिकामा धेरै क्लबले ४८ घण्टामा खेल्नुपर्ने बाध्यता छ । तर काठमाडौं रेजर्सले सबै खेल ७२ घण्टाको अन्तरमा खेल्नेछ । काठमाडौं रेजर्स त्यही टिम हो, जहाँ ए डिभिजन लिग कमिटीका संयोजक बिज्ञान राज शर्मा टिमको कार्यकारी निर्देशक छन् । तत्कालिन राष्ट्रिय टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले टिम सम्हालेका छन् । राष्ट्रिय टिमकै म्यानेजर मधुशुदन उपाध्यायले टोलीलाई व्यवस्थापन गरिरहेका छन् । एन्फाकै हर्ताकर्ता सम्मिलित काठमाडौं रेजर्सले खेल तालिकामा अरु टिम भन्दा धेरै आराम पाउनुलाई धेरैले शंकाको दृष्टिकोणले हेरेका छन् । टिमले तालिका प्रभावित बनाएको धेरैको आरोप छ ।

ललितपुर सिटीसँग लिगको उद्घाटन खेल खेलेको काठमाडौंले सुरुवाती चार खेलसम्म कम्तीमा पनि ७२ घण्टाको रिकभरी समय पाएको छ । उद्घाटन खेलपछि १४ र १७ गतेको खेलका लागि ७२ घण्टाको समय पाएको काठमाडौंले चौथो खेलका लागि भने ९६ घण्टाको विश्राम समय पाएको छ ।

बुटवल लुम्बिनीले पनि सुरुवाती समय चार खेलमा ७२ घण्टाको रिकभरी समय पाएको थियो । त्यसपछिका दुई खेल ४८ घण्टाको अन्तरालमा खेल्नु पर्नेछ । तालिका अनुसार सबैभन्दा मारमा परको अर्को टोली हो, पोखरा थन्डर्स । पोखराले कुनै पनि खेलमा ९६ घण्टाको रिकभरी समय पाएका छैन । सुरुवाती दुई खेलमा ७२ घण्टाको अन्तरालमा खेले पनि त्यसपछिका दुई खेल र अन्तिम खेल ४८ घण्टाको अन्तरालमा पोखराले खेल्नु पर्नेछ ।

एफसी चितवनले पनि तीन खेल ४८ घण्टाको अन्तरालमा खेल्नु पर्नेछ । तर, चितवनले ४८ घण्टामा खेल्नु पर्ने खेलअघि र पछिका खेलमा ७२ र ९६ घण्टाको विश्राम पाएको छ ।

पहिलो खेलपछि ललितपुरले क्रमश दुई खेल ४८ र ७२ घण्टाको अन्तरालमा खेल्दै छ । उसले एक खेल खेलका लागि ९६ घण्टाको रिकभरी समय पाएको छ । विराटनगरले पनि पहिलो खेलपछि दुई खेल ४८ र तीन खेल ७२ घण्टाको अन्तरालमा खेल्नुपर्नेछ ।

टिमका एक व्यवस्थापकले नियम नपुर्याएर टाईसिट सार्वजनिक गरिएको बताए ।

‘संसारभरको अभ्यास अनुसार फरम्याट बनाएर टिमले टाईसिट ड्र गर्ने प्रचलन छ । तर यहाँ आफ्नो हिसाबले टाईसिट बनाएर सबै टिमलाई बाँड्ने काम भयो ।’ उनले भने, ‘यसले कुनै टिमलाई धेरै फाईदा भएको छ । कुनै टिमलाई धेरै घाटा भएको छ ।’

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रुमेशको गोलमा च्यासलको पहिलो जित  
रुमेशको गोलमा च्यासलको पहिलो जित  
नेपाल सुपर लिग सम्झिने १० घटना
नेपाल सुपर लिग सम्झिने १० घटना
अनि काठमाडौं रेजर्सले ईतिहास रच्यो
अनि काठमाडौं रेजर्सले ईतिहास रच्यो
एनएसएलको 'ड्रिम टिम'
एनएसएलको 'ड्रिम टिम'
'काठमाडौंमा उपाधि राख्ने लक्ष्य पूरा भयो'
'काठमाडौंमा उपाधि राख्ने लक्ष्य पूरा भयो'
अन्जन उत्कृष्ट फरवार्ड, किरण उत्कृष्ट गोलकिपर
अन्जन उत्कृष्ट फरवार्ड, किरण उत्कृष्ट गोलकिपर
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल
क्वार्टरफाइनलमा रियल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP