पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यहिँ बैशाखमा तय भएको पाँचौ पोखरा स्पोर्ट्स अवार्ड स्थगित भएको छ ।
कोरोना भाईरसको महामारीलाई मध्यनजर गर्दै कास्की जिल्ला कार्यालयले बैशाख १५ देखि २१ गतेसम्म निषेधाज्ञा लगाएपछि अवार्ड स्थगित गरिएको हो ।
अवार्ड कार्यक्रम विश्व प्रेस स्वतन्त्रता दिवसको दिन बैशाख २० मा आयोजना हुने तालिका रहेको थियो ।
तर, मञ्चका अध्यक्ष एक राज गिरीको अध्यक्षतामा बिहीबार बसेको आकस्मिक बैठकले अवार्ड कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।
अवार्ड कार्यक्रम पछि वितरण गरिने समेत बताईएको छ ।
मञ्चले पछिल्लो केही वर्ष यतादेखि वर्षेनी आयोजना गर्दै आएको कार्यक्रम गत वर्ष कोरोना महामारीका कारण स्थगित भएको थियो । मञ्चले अघिल्लो वर्षको स्थगित अवार्डलाई समेट्न २०७६ र ०७७ दुबैलाई एकै पटक गर्ने योजना बनाएको थियो ।
अवार्ड कार्यक्रममा विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने बताईएको छ।
कार्यक्रममा लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट पत्रकारिता अवार्ड प्रदान गरिने तय थियो ।
