कप्तान मल्ललाई पितृ शोक
बिहिबार, बैशाख १६, २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई पितृ शोक परेको छ ।
कप्तान मल्लका पिता रामकृष्ण मल्लको ७८ वर्षको उमेरमा निधन भएको छ ।
नेपाल क्रिकेट संघ क्यानका सदस्य छुम्बी लामाले कप्तान मल्लको बुबाको बिहीबार बिहान निधन भएको सामाजिक संजालबाट जानकारी दिएका छन् ।
उनको आजै टेकुमा अन्तिम संस्कार गरिएको लामाले जनाएका छन् ।








-1762154705887.png&w=3840&q=75)





