काठमाडौं । राष्ट्रिय टिमका सदस्य रहिसकेका स्ट्राइकर जर्ज प्रिन्स कार्कीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता खेल्ने भएका छन् ।
अक्सनमा बिक्री नभएका स्ट्राइकर जर्ज प्रिन्सलाई एफसी चितवनले अनुबन्धित गरेको छ ।
अक्सनबाट आएका डिफेन्डर विकास खवासले चोट बोकेपछि चितवनले जर्ज प्रिन्सलाई अनुबन्ध गरेको हो ।

त्रिभुवन आर्मी क्लबका खेलाडी रहेका प्रिन्सले आज हुने बुटवल लुम्बिनी एफसीविरुद्धको खेल खेल्ने छन् । उनी सुरुवाती-११ मा परेका छन् ।
विकास करिब दुई महिना मैदान बाहिर रहने छन् ।
कुनै खेलाडी लामो समय टिम बाहिर रहने अवस्थामा सहभागी टिमले ती खेलाडीको स्थानमा अन्य खेलाडी अनुबन्ध गर्न पाउने नियम रहेको छ ।
