पोखरा । पोखरा रंगशालामा बैशाख मसान्तसम्म खेलकुद गतिविधि आयोजनामा रोक लगाईएको छ ।
कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै पोखरा रंगशालामा खेलकुद गतिविधिमा रोक लगाईएको हो ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र कास्की जिल्ला खेलकुद विकास समितिले बुधबार एक सूचना निकाल्दै खेलकुद गतिविधि गर्न रोक लगाईएको जनाएको छ ।
समितिले बैशाख ९ देखि बैशाख मसान्तसम्म रंगशाला प्रवेशमा रोक लगाएको हो ।
समितिको निर्णय अटेर गर्दा कुनै दुर्घटनामा भएमा समिति जिम्मेवारी नहुने सूचनामा जनाईएको छ ।
यस्तै अन्तराष्ट्रिय प्रतियोगिताको तयारी गरिरहेका खेलाडी र रंगशाला मर्मतमा खटिएका कामदारले भने सजकता र स्वास्थ्य मापदण्ड अपनाएर आफ्नो कार्य गर्न पाउने समितिले जनाएको छ ।
