• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
दर्शक विहीन खेलकुदको अर्थ
खेलपाटी संवाददाता
बुधबार, वैशाख ८, २०७८ खेलपाटी संवाददाता
दर्शक विहीन खेलकुदको अर्थ

काठमाडौं । कोरोनाको दोस्रो लहर सुरु भएसंगै सरकारले दर्शक सहितको रंगशाला बन्द गर्ने निर्णय गरेको छ । स्वास्थ्य मापदण्ड पूरा गर्न कठिन हुने भएकाले सरकारले दर्शक सहितको खेल प्रतियोगिता आयोजनामा रोक लगाएको छ ।

खेलकुद क्षेत्र विगत एक वर्ष अघिदेखि थलिएको छ । कोरोना संक्रमण सुरु भएसंगै ७७ सालको चैतमा सरकारले लकडाउन गर्यो । देश ठप्पै भयो । खेलकुद अछुतो रहेन । रंगशाला र मैदानमा ताला लागे । खेलाडी घरमै थन्किए । कति त संक्रमित भए ।

कोरोनाको पारो विस्तारै तल झर्न थाल्यो । जनजीवन सामान्य उन्मुख देखिन्थ्यो । केही खेलाडी प्रशिक्षणमा फर्कन थाले । प्रतियोगिताहरु आयोजना भए । खेलाडी सामान्य अवस्थातिर फर्कदै थिए । वर्ष दिनमा खेलकुद पुन पुरानै लयमा फर्कन लागेको देखिन्थ्यो ।

तर, अवस्था उही रहेन । पुन कोरोनाको दोस्रो लहर जारी छ । छिमेकी भारत सहित धेरै देश यसबाट बढी प्रताडित बनेका छन् । कोरोनाको दोस्रो लहर सुरुवाती चरण जस्तै त छैन । तर यसले जटिलता थप्ने भएकाले सरकारले विद्यालय सहित भेला जमघट र भिड हुने रंगशाला बन्द राख्ने निर्णय गरेको हो । विस्तारै तंग्रिन लागेको खेलकुदमा ब्रेक लागेको छ । सरकारले भनेको छ, दर्शक सहितका रंगशाला बन्द हुनेछन् । अर्थात दर्शकलाई रंगशाला प्रवेश निषेध गरिएको छ ।

त्यसो भए खेलकुद अब कसरी चल्छ त ?

सरकारको निर्णयले दर्शक सहितको र रंगशाला बन्द हुने हो । तर तत्काललाई प्रतियोगिता भने सञ्चालन हुन्छन् । खेलाडीहरु प्रशिक्षण गर्छन् । प्रतियोगिता खेल्छन् । खेलकुदको एउटा चक्र चल्नेनै देखिन्छ । यत्ति हो, त्यसमा दर्शक हुने छैनन् । दर्शक राखेर प्रतियोगिता खेलाउने जोखिम सरकारले लिन चाहेन । आखिर स्वास्थ्य भन्दा ठुलो चिज अरु हुदैन । खेलकुद पनि हुदैन । कोरोनाको प्रभाव कम भएसंगै सरकारले पनि दर्शकका लागि खुकुलो नीति अख्तियार गर्ला भन्ने धेरैको अपेक्षा छ ।

सरकारको निर्णयसंगै पहिलो झट्का त्रिदेशीय क्रिकेटमा पर्यो । नेदरल्याण्ड्स, मलेसिया र नेपाल सम्मिलित प्रतियोगिताको सुरुवाती खेलमा राम्रै दर्शक देखिन्थे । पहिलो दिनमै झण्डै साढे ४ हजार दर्शकले टिकट किनेका थिए । सरकारको निर्णयसंगै अब त्रिकोणात्मक सिरिजका बाँकी खेलमा दर्शक हुने छैनन् । दर्शक बिनै नेपालले सिरिजका बाँकी खेल टुङ्गयाउनुपर्नेछ । दर्शक नहुँदा नेपालले मंगलबारमात्र ‘हाइस्कोरिङ’ खेलको नतिजा नेदरल्याण्ड्सलाई सुम्पिएको थियो । नतिजा मात्र खराब रहेन, दर्शक नहुदाँ आर्थिक नोक्सान समेत आयोजकले ब्यहोर्नु परेको छ ।

May be an image of 1 person and text that says 'खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com'

रंगशाला बन्द गर्ने निर्णयको अर्को झट्का संघारमै रहेको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिगमा देखिन्छ । अन्तिम तयारीमा रहेको एनएसएलले पहिलो सिजननै दर्शक बिना सञ्चालन गर्नुपर्ने भएको छ । एनएसएलका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्माले दर्शक नभएपनि प्रतियोगिता नरोकिने बताएका छन् । तर दर्शक नहुँदा पक्कैपनि प्रतियोगिता सफल हुदैन । आर्थिक नोक्सान त छदैछ । एनएसएल घोषणा भएको सन् २०१९ मा हो । तर रंगशाला तयार नहुँदा प्रतियोगिता हुन पाएन । त्यसपछि कोरोना सुरु भैहाल्यो । विस्तारै जनजिवन सामान्य बन्न थालेपछि एनएसएल पुन तात्तिएको हो । तर प्रतियोगिता सुरु हुन नपाउँदै दोस्रो लहरले छोपिहाल्यो ।

तयारी निकै अघि बढेकाले प्रतियोगिता नरोक्ने आयोजकको तयारी छ । तर थोरै दर्शक राखेर भएपनि एनएसएल अघि बढाउने आयोजकको कोशिश जारी छ । ‘नियमित संवाद र सम्पर्कमा छौं । सरकारले दिएका हरेक निर्देशन पालना गर्छौ । तर केही प्रतिशत दर्शक राखेर भएपनि प्रतियोगिता गर्ने कोशिश गरिरहेका छौं ।’ सिईयो शर्माले भने ।

थाहा छैन, कोरोनाको प्रभाव कति समयसम्म रहन्छ । तर खेलकुद भने रोकिने छैन । दर्शक सहित होस वा विहिन, खेलकुद चलिरहन्छ । खेलकुद मानव जिवनको संस्कृति र सभ्यता हो । सभ्यताको अस्तित्वका लागि भएपनि खेलकुद गतिशिल बन्नेनै छ । कोरोनाको दोस्रो लहर जारी छ । विस्तारै मानव सभ्यताले यसलाई जितेर अघि बढ्ने विश्वास छ । तर कोरोनासंग रस्साकस्सी चल्दै गर्दा केही समय दर्शक बिनै रंगशाला चलायमान बनाउनुपर्ने देखिन्छ ।

May be an image of one or more people, people standing and outdoors

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP