जुडो निर्णायक श्रेष्ठ उत्तीर्ण
आइतबार, ०३ असार २०७५खेलपाटी संवाददाता

काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय जुडो निर्णायक धर्मकुमार श्रेष्ठ अन्तर्राष्ट्रिय दृष्टिविहीन खेलकुद संघ (इब्सा) जुडो रेफ्री सेमिनारमा उत्तीर्ण भएका छन् ।
जापानको टोकियोमा आइतबार सम्पन्न चारदिने सेमिनारमा उत्तीर्ण भएसंगै श्रेष्ठ एसियाली पारा खेलकुद र ओलम्पिक पारा खेलकुदमा निर्णायकको भूमिका निर्वाह गर्न योग्य बनेका छन् ।
नेपाल जुडो संघका महासचिव समेत रहेका श्रेष्ठ इन्डोनेसियामा १८ औं एसियाली खेलकुदपछि हुने पारा एसियाली खेलकुदमा निर्णायक मण्डलको टोलीमा छनोट भएको बताइएको छ ।












-1765539955299.jpeg&w=3840&q=75)


