काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा अहिले नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।
टियु क्रिकेट मैदानमा नेदरल्यान्ड्सले दिएको १ सय ३७ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।
नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको नेपालका लागि कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् ।
भुर्तेलले डेब्यु खेलमै अर्धशतक बनाएका हुन् ।
भुर्तेलले ३० बलमा अर्धशतक पूरा गरेका हुन् । उनले ५ चौका र ४ छक्का प्रहार गरे ।
टी-ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु खेलमा अर्धशतक बनाउने उनी दोस्रो नेपाली खेलाडी हुन् ।
यसअघि यूएईविरुद्ध टी–ट्वान्टी सिरिजको पहिलो खेलमा सन्दीप जोराले डेब्यु अर्धशतक बनाएका थिए । उनले यूएईविरुद्ध ४६ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ५३ रनको अर्धशतकीय इनिङस खेलेका थिए ।