• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
वर्षभरी व्यस्त हुनेछ खेलकुद
खेलपाटी संवाददाता
शनिबार, वैशाख ४, २०७८ खेलपाटी संवाददाता
वर्षभरी व्यस्त हुनेछ खेलकुद

काठमाडौं । कोरोनाले गत वर्ष विश्व खेलकुद नराम्ररी प्रभावित बन्यो । असर नेपालमा समेत देखियो । वर्ष भर लकडाउन र सट डाउन । खेलकुदनै हुन पाएन । ठुला प्रतियोगिता खासै भएनन् ।

वर्षभरी गतिविधि गरिरहने फुटबलले ७६ सालमै बाँकी रहेका कार्यक्रम सम्पन्न गर्यो । क्रिकेट र भलिबलले केही घरेलु प्रतियोगिता गर्न भ्याए । सामान्यतया खेल स्पर्धामा घम्साघम्सी भैहाल्छ । दर्शक हुने भैहाले । कोरोनाका कारण दुरी कायम गर्नुपर्ने बाध्यता । ठुला खेल स्पर्धा खासै भएनन् ।

७८ वर्ष सुरु हुन नपाउँदै कोरोनाको दोस्रो लहरको प्रभाव विश्वव्यापी देखिन्छ । तर कोरोनाको दोस्रो लहरले विश्व खेलकुदका ठुला स्पर्धा रोकिएलान् ? तर त्यसो देखिदैन ।

नेपालमै समेत कोरोनाकै बीच खेलकुदका प्रतियोगिता आयोजना हुने देखिन्छ । पछिल्लो एक वर्ष कोरोनाका कारण नेपाली खेलकुद ठप्प जस्तै रह्यो । प्रशिक्षण, प्रतिस्पर्धा र पुर्वाधारका कार्यक्रम प्रभावित बने । कोरोनाले खेलकुद सहित समग्र अर्थतन्त्र संकटउन्मुख देखेर होला राज्य संक्रमण रोक्न कठोर बन्ने देखिदैन । अर्थव्यवस्थालाई ठप्प पार्न भन्दा सर्वसाधारणलाई सजक बनाउने जोड राज्यको देखिन्छ ।

खैर, तर कोरोनाकै प्रभावका बीच घरेलु खेलकुदमा यस वर्ष केही ठुला प्रतियोगिता आयोजना हुदैछन् । केही ठुला प्रतियोगिताले निरन्तरता पाउँदैछन् । कोरानाकै बीच घरेलु खेलकुदसंगै नेपालका राष्ट्रिय टिमले केही अन्तराष्ट्रिय प्रतियोगिता समेत खेल्दैछन् । जसमा चर्चा यहाँ गर्न जादैछौं ।

त्रिकोणात्मक सिरिज :

पोहोर जस्तै कोरोनाबाट देश प्रभावित छ । तर सुस्ताएको क्रिकेट रोकिने छाँट देखाउँदैन । नेदरल्याण्ड्स, मलेसियालाई समावेश गर्दै आज (शनिबार)बाट त्रिकोणात्मक सिरिज क्यानले आयोजना गर्दैछ । पछिल्लो केही महिना अन्तराष्ट्रिय क्रिकेट खेल्न नपाएको नेपालले आफै सिरिज आयोजना गरेको हो ।

कोभिडका कारण सरकारले भिडभाड नगर्न अपिल गरेको छ । तर त्रिकोणात्मक सिरिज दर्शक आफै उपस्थित भएर हेर्न पाउनेछन् । स्वास्थ्य प्रोटोकल भने दर्शक आफैले पालना गर्नुपर्नेछ । क्यानको नयाँ कार्यसमिति आईसकेपछि नेपालले पहिलो पटक आफैले त्रिकोणात्मक सिरिजको आयोजना गर्दैछ ।

नेपाल सुपर लिग (एनएसएल) :

दशरथ रंगशला नबनेर थन्किएको फुटबलको फ्रेन्चाईज प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) समेत वर्षको सुरुवातमै आयोजना हुदैछ । सुरुवातमा रंगशाला नपाएको एनएसएललाई गत वर्ष कोरोनाले समेत प्रभावित बनायो । चौधरी ग्रुप स्वामित्वको नेपाल स्पोर्टस म्यानेजमेन्टले सञ्चालन गर्ने प्रतियोगिताको तयारी अन्तिम चरणमा छ ।

बैशाख ११ गते सुरु हुने प्रतियोगिता करिब एक महिना चल्नेछ । सात शहरलाई फ्रेन्चाईज गरेर प्रतियोगिता आयोजना हुन लागेको हो । अफ्रिकन र एसियाली अनुहारका खेलाडीको फुटबल कौशल हेरेका दर्शकले अब युरोपेली खेलाडीको समेत स्वाद चाख्न पाउनेछन् । मुख्य कुरा एनएसएल घरेलु फुटबलको व्यवसायीक यात्रामा कोशेढुङ्गा सावित हुने अनुमान गरिएको छ ।

May be an image of 1 person and text that says 'FC CHITWAN LALITPUR CITY BATHMANDU Ray2kS DHANGADHI F.C. D STARTS 24TH APRIL 2021 Butwal Lumbini POKHARA THUND DERS BCF BIRATNAGAR NEPAL SUPER LEAGUE अब खेल्छ नेपाल...'

एभरेष्ट प्रिमियर लिग (ईपीएल) :

एभरेष्ट प्रिमियर लिग घरेलु खेलकुदकै सबैभन्दा ठुलो स्पर्धा हो । कारण देशको ठुला कर्पोरेट हाउस यस स्पर्धामा जोडिएका छन्, लगानी गरेका छन् । अन्तराष्ट्रिय क्रिकेटका ठुला नामका खेलाडी ईपीएल खेल्न नेपाल आउँछन्, त्यसैले सबैको ध्यान खिच्ने गर्छ । कोरोनाका कारण प्रतियोगिता गत वर्ष हुन पाएन । क्रिस गेल नेपाल आउने तयारीमा थिए । दुर्भाग्य नेपाली दर्शकले गेललाई त्रिवि मैदानमा ब्याट घुमाएको देख्न पाएनन् ।

ईपीएलले यस वर्षको मिति निर्धारण गरेको छ । प्रतियोगिता असोज ९ देखि २३ गतेसम्म हुने बताईएको छ । प्रतियोगिताको मिति आउन बाँकी छ । विश्व क्रिकेटका केही ठुला नाम यस वर्ष देखिन सक्छन् । एबीडी भिलियर्सको नाम चर्चामा आउन सुरु भैसकेको छ । कोभिडका कारण गत वर्ष स्थगित ईपीएल यस वर्ष कुनैपनि हालतमा सञ्चालन गर्ने आयोजकको तयारी छ ।

ICC approves third edition of EPL - myRepublica - The New York Times  Partner, Latest news of Nepal in English, Latest News Articles

विश्वकप छनोट :

फुटबल नेपालमा लोकप्रिय छ । तर नेपालको राष्ट्रिय फुटबल टिमले खेल्ने सबैभन्दा ठुलो स्तरको प्रतियोगिता भनेकै विश्वकप छनोट हो । नेपाल अहिले विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको छ । अवे म्याच खेलिनैसक्यो, अब होम म्याचको पालो । अर्थात नेपालले दशरथ रंगशालामा अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेलाई बोलाएर खेल्नपर्ने ।

कोरोनाका कारण गत वर्ष सम्भव भएन । नेपालले थ्री नेसन्स कप आयोजना गरेर अन्तराष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न सक्षम रहेको सन्देश दिसक्यो । तर एएफसी नेपालले खेल्ने घरेलु खेल कुवेतमा खेलौ भन्छ । मतभेद छ, यसको आफ्नो राजनीति छ । तर नेपालले यस वर्ष विश्वकप छनोटको खेल कुनैपनि हालतमा खेल्नुपर्नेछ ।

साफ च्याम्पियनसिप :

साफ च्याम्पियनसिप यस वर्ष बंगलादेशमा आयोजना हुदैछ । प्रतियोगिता कात्तिक २८ देखि मंसिर ११ गतेसम्म आयोजना हुदैछ । कोरोनाका कारण गत वर्ष गर्ने भनिएको प्रतियोगिताको मितिनै सावर्जनिक भएन । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता जित्न नेपालले लगातार केही वर्षदेखि कोशिश गर्दै आएको छ तर असफल देखिन्छ ।
दुई दशकको एन्फा नेतृत्व परिवर्तन भएपनि मैदान भित्रको फुटबल परिवर्तन हुन सकेको छैन । साफको नतिजाले वर्तमान एन्फा नेतृत्वको समेत मुल्याङ्गकन गर्नेछ ।

एसियन भलिबल च्याम्पियन :

नेपालको महिला भलिबलले एक पछि अर्को सफलता प्राप्त गर्दैछ । गत वर्ष एभीसी सेन्ट्रल जोनमा स्वर्ण र सागमा ऐतिहासिक रजत पदक जितेको महिला भलिबलले यस वर्ष एसियन च्याम्पियनसिप खेल्दैछ । नेपालको महिला भलिबलले एसियन च्याम्पियनसिप खेल्न लागेको पहिलो पटक हो ।

प्रतियोगिता भदौ १३ देखि २० गतेसम्म चीनमा आयोजना हुदैछ । नेपालको भलिबलले खेल्न लागेको यो नै अहिलेसम्मको ठुलो प्रतियोगिता हो । एसियन च्याम्पियनसिपसंगै नेपालको भलिबलले अन्तराष्ट्रिल खेलकुदमा नयाँ परिचय दिने विश्वास गरिएको छ । प्रतियोगिताका लागि नेपाल भलिबल संघले गत हप्ता सम्पन्न एनभीए क्लब च्याम्पियनसिपबाट खेलाडी छनोट गरिसकेको छ ।

नवौं राष्ट्रिय खेलकुद :

सरकारले प्रत्येक दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्छ । कोरोनाले गत वर्ष फागुनमा तय भएको प्रतियोगिता हुन पाएन । नयाँ मिति पनि आएन । तर नवौं राष्ट्रिय खेलकुद यस वर्ष पोखरामा हुने भनिएको छ । माघ, फागुनमा प्रतियोगता गर्ने राखेपको योजना छ । विभिन्न कारणले राष्ट्रिय खेलकुद प्रतियोगिता नियमित हुन सकेको छैन । नवौं पोखरामा हुनेछ । दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशका लागि प्रस्ताव गरिएको छ । समयमा राष्ट्रिय खेलकुद नहुने घरेलु खेलकुदको नियतिनै हो । तत्कालिन सदस्य सचिव केशवकुमार विष्टले आँट गरेर आफ्नै कार्यकालमा लगातार दुई राष्ट्रिय खेलकुद प्रतियोगिता गराए । वर्तमान सदस्य सचिव रमेशकुमार सिलवालले समेत यस वर्ष प्रतियोगिता गर्ने आँट गरुन, र साग खेलकुदमा जस्तै क्षमता प्रर्दशन गरुन भन्ने घरेलु खेलकुदको कामना छ ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP