एक दौडले बदलेको जिन्दगी

एजेन्सी । जब एन्ड्रिया रामरेज लिमेनल १९ वर्षकी थिइन्, तब उनले एक विद्यार्थीको रूपमा टेक्नोलोजिकियो डे मोन्टेरे, मेक्सिकोको एक निजी विश्वविद्यालयमा दौडका लागि भाग लिएकी थिइन् । तर, उनले यस प्रतियोगिताबाट आफ्नो करियर बदलिने छ भन्ने आशा भने गरेकी थिइनन् ।
मेक्सिको सिटीमा हुर्केकी उनी यसअघि कहिल्यै खेलकुदमा संलग्न भएकी थिइनन् । तर, अहिले उनी नियमित रूपमा आफ्नो सामान्य स्वास्थ्यका लागि ट्रयाकको वरिपरि घुमफिर गर्दैछिन् ।
एक दिन, उनको विश्वविद्यालयको ट्रयाक कोच, उनी दौडिरहेको ट्रयाक समक्ष आए । जसले उनको दौडलाई हेरिरहेका थिए । त्यतिबेलै ती कोचले उनीमा केहि देखे र तुरुन्तै एन्ड्रियालाई आफ्नो टोलीमा समावेश गरे ।
‘उनले मलाई भने कि तपाईसँग केहि विशेष छ र मलाई टोलीमा समावेश हुन जिद्दी गरे । तर म हिचकिचाएको थिएँ र मलाई प्रतिस्पर्धा गर्न मनपर्दैन जस्तो लाग्यो ।’ २८ वर्षीय एन्ड्रियाले भनिन् ।
एन्ड्रियले आफ्ना विश्वविद्यालयका प्रशिक्षकले टिममा सहभागिता हुन गरेको विन्तीलाई अस्वीकार गरेकी थिइन् । तर, उनका प्रशिक्षक एन्ड्रिया प्रतिको आफ्नो प्रस्तावमा दृढ रहे । एक दिन, उनलाई प्रशिक्षकले सूचित गरे कि एन्ड्रिया १० हजार मिटर दौडमा आफ्नो विश्वविद्यालयको टीमको प्रतिनिधित्व गर्दै प्रतिस्पधर्न गर्ने छिन् । यता एन्ड्रिया अझै पनि इच्छुक थिइनन् । तर, उनी बाध्य भइन् र सुरु गरिन् ।
‘त्यो मेरो पहिलो दौड, जहाँ मैले दोस्रो स्थान हाँसिल गरे ।’ उनले भनिन्, ‘त्यो समय मैले धेरै रमाइलो गरे र टोलीसँगै आएका क्यामेराडेरीसँग उत्सव मनाए ।’
सन् २०१५ मा एन्ड्रियाले इन्टरनेश्नल विजनेसमा डिग्री सक्नु एक वर्ष अगाडि आफ्नो पहिलो हाफ म्याराथन दौडिएकी थिइन् । एक व्यवसायीक रनरको रूपमा आफ्नो करियरको सुरुवात गर्न गरिन् । उनले पुरस्कार दिने मेक्सिको वरिपरिका विभिन्न दौडमा प्रवेश गरिन् र एक अनुभव संगालिन । तर, उनले उपाधि जित्न सकिनन् । उनी प्रायः प्रतियोगितामा शीर्ष १० मा रहन्थिन् । त्यसपछि उनले आफुलाई रनरहरु भित्रै हराएको महसुश गरिन् ।
“मलाई थाहा थियो म दौडमा निकै राम्रो छु । तर सुरुमा म उपाधि जित्न कत्ति पनि राम्रो थिइन । जुन प्रायः केन्याका धावकहरुले सहभागिता जनाउँदै उपाधि उचाले ।’ उनले भनिन् ।

यसैबीच, उनका साथीहरू र परिवारले बिस्तारै उनलाई प्रतिस्पर्धी दौडबाट टाढा रहन आग्रह गरिरहेका थिए । उनीहरुले एन्ड्रियालाई आफ्नो कलेज डिग्रीको प्रयोग गर्न सक्ने करियरमा ध्यान केन्द्रित गर्न आग्रह गरिरहेका थिए । तर उनी आफ्नी आमाको प्रोत्साहनका शब्दहरूका कारण विचलिन भइनन् । तर, लामो समयदेखि रोगसँग लडिरहेकी उनकी आमा उनीमाझ रहिनन् ।
‘मैले मेरी आमा युवा अवस्थामा मै गुमाए । तर, मलाई हरेक दिन र हरेक अवसरहरू कब्जा गर्न उहाँले सिकाउनुहुन्थ्यो ।’ उनले भनिन्, ‘किनकि तपाईंलाई के हुन्छ भनेर कहिले थाहा हुँदैन । तर, मलाई सबै दौडमा मेरो उत्तम प्रदर्शन गर्न शक्ति र प्रोत्साहन उहाँले नै दिएको सोच्छु ।’
हाल टोलुकामा बस्ने एन्ड्रियाले अन्ततः पूर्व एलिट म्याराथनर जोनाथन मोरालेस सेरानोको सहयोग लिइन् । जो सन् २०१६ को रियो ओलम्पिकमा मेक्सिकोको प्रतिनिधित्व गर्न असफल भएका थिए । सुरुमा मोरालेस सेरानोले आफु महिला खेलाडीको प्रशिक्षणमा रुचि नराख्ने बताएका थिए ।
तर जसरी एन्ड्रियालाई उनको विश्वविद्यालयका प्रशिक्षकले आफ्नो टोलीमा समावेश गर्न जिद्दी गरेका थिए, त्यसरी नै एन्ड्रियाले पनि मोरालेस सेरानोलाई आफ्नो प्रशिक्षक बन्न ६ महिनासम्म जिद्दी गरिन् । अन्ततः उनले माने र हाल दुबै करिब साढे दुई वर्षदेखि सँगै काम गरिरहेका छन् ।
‘मोरालेस सेरानोेले सुरुमा मलाई उनी आफ्नो करियर र अध्ययनमा ध्यान दिन चाहेकाले मेरो सुधारलाई निगरानी गर्ने समय नहुने बताएका थिए ।’ एन्ड्रियाले भनिन्, ‘अन्ततः उनले मलाई केही खास देख्यो र मलाई पहिलो एलिट एथ्लिटको रूपमा स्वीकारे ।’
‘एन्ड्रियाको एथलेटिक विकासको ठूलो हिस्सा हुनु मेरा लागि ठूलो अनुभव हो । मुख्य कारण उनी सधैं उत्कृष्ट मनोवृत्ति राख्ने खेलाडी हुन् । उनी आफ्नो प्रशिक्षणप्रति पूर्ण प्रतिबद्ध थिइन् र आफ्नो दौडको उद्देश्य र लक्ष्यहरूमा ठूलो दृढ संकल्प देखाईन् ।’ प्रशिक्षक मोरालेस सेरानोले भने, ‘विभिन्न कारणहरूले गर्दा, अघिल्ला तीन ओलम्पिकमा मैले आफ्नै लक्ष्यहरू प्राप्त गर्न सकिन र म उनको कोचको रूपमा प्राप्त गर्न र हासिल गर्न सक्षम भएकोमा गर्व महसुस गर्छु ।’

नोभेम्बर २०१९ मा एन्ड्रियाले हाफ म्याराथन एक घण्टा १२ दशमलव ४४ मिनेटमा दुरी पार गर्दै पोल्याण्डमा आयोजना भएको २०२० को विश्व हाफ–म्याराथन च्याम्पियनसिपमा भाग लिन योग्य बनिन् । त्यस दौड पछि उनले २०२० ह्युस्टन म्याराथनमा प्रोफेशनल म्याराथनको रुपमा डेब्यु गरिन् र उनी ओलम्पिक क्वालिफायरको लक्ष्यका साथ दौडिन् ।
“ह्युस्टन म्याराथनमा मलाई दौडिनका लागि आमन्त्रित गरिएको पहिलो पटक थियो । जुन मेरा लागि एक आश्चर्यजनक अनुभव थियो ।’ उनले भनिन्, ‘तर, म आफ्नो जुन लक्ष्यका लागि दौडिएकी थिए, त्यसबाट टाढाँ रहे । किनकी त्यो दिन हावा चलिरहेको थियो र अन्त्यमा यहाँ केही अप्रत्याशित पहाडहरू थिए । जहाँ मैले दुई घण्टा ३२ दशमलव ३६ मिनेटमा दुरी पुरा गरे ।’
त्यहाँबाट, एन्ड्रियाले स्पिरिङ म्याराथनका लागि २०२० को भियन्ना म्याराथनमा आफ्नो म्याराथन स्तर निर्धारण गर्ने दृढता देखाइन् । जुन अप्रिल १८ मा आयोजना हुने थियो । तर कोरोना महामारीकका प्रतियोगिता रद्द भयो ।
‘महामारीको सुरुमा म घरमै बसे र पूर्ण प्रशिक्षण बन्द गरे ।’ एन्ड्रियाले भनिन्, ‘मलाई केही समय केही हदसम्म उदासिन बनाएको थियो । किनभने कोरोनाका कारण मेक्सिकोमा धेरै मानिसहरू बिरामी थिए र मलाई साथीहरूका परिवारका सदस्यहरूबारे पनि थाहा थियो । जो भाइरसबाट मर्दै गरेका थिए ।’
उनले थपिन, ‘मेक्सिकोमा धेरैजसो धावकहरूले तालिम प्रशिक्षणलाई प्राथमिकता दिँदैनन् । तर मैले आफ्नो शरीरमा सकारात्मक शारीरिक परिवर्तनहरू देख्न थालेपछि यसले मेरो मुड र खुशीलाई बढावा दिन्छ ।’
उनले जुलाईमा पहाड र टोलुकाको अलामेडा पार्कमा फेरि प्रशिक्षण गर्न सुरु गरेपछि आफु धावकको रूपमा अझ बलियो भएको महसुस गरेको बताइन् । उनीले अहिले मेक्सिकोकी तिव्र गतिकी म्याराथन धावकको परिचय बनाएकी छिन् ।
- एजेन्सीकाे सहयाेगमा जितु साँउदले तयार पारेकाे सामाग्री









-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)


-1767098144368.jpg&w=3840&q=75)


