• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
अब लामो फर्म्याटको क्रिकेट !
दिपेश तिमल्सिना
आइतबार, चैत २९, २०७७ दिपेश तिमल्सिना
अब लामो फर्म्याटको क्रिकेट !

काठमाडौं । कोरोना महामारीपछि मात्रै टी–ट्वान्टी फर्म्याटका दुई घरेलु महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता भए । पुस महिनामा दाङमा प्रधानमन्त्री कप महिला क्रिकेटको आयोजना भएको थियो । शनिबार मात्रै ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेटको सम्पन्न भयो ।

पछिल्लो समय महिला क्रिकेटरले छोटो फर्म्याटको प्रतियोगिता खेल्दै आएपनि लामो फर्म्याटको प्रतियोगिता भने खेल्न पाएका छैनन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा नै महिला क्रिकेटरले बिरलै मात्र लामो फर्म्याटको प्रतियोगिता खेल्न पाएका छन् ।

अब नेपाल क्रिकेट संघ (क्यान) ले लामो फर्म्याटको प्रतियोगिताका लागि पनि सोच्नु पर्ने बेला आएको राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना श्रेत्री बताउँछिन् ।

नेपाली महिला टोलीलाई क्रिजमा लामो समयसम्म टिक्ने ब्याट्सम्यानको आवश्यकता रहेको उल्लेख गर्दै उनले लामो फर्म्याटको प्रतियोगिता आवश्यक रहेको बताईन् ।
रुविनाले क्रिजमा लामो समय टिक्न सक्ने खेलाडी सोही अनुसारको प्रतियोगिताबाट उत्पादन गर्न सहज हुने उल्लेख गरिन् ।

‘हामीले टी–ट्वान्टी फर्म्याटको प्रतियोगिता मात्रै खेलेको लामो समय भइसकेको छ ।’ रुविनाले भनिन्, ‘हुन त हाम्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि लामो फर्म्याटको प्रतियोगिता आएको छैन । हामीले एक पटक मात्र ४० ओभरको खेल खेलेका थियौ । त्यो भन्दा अगाडी र पछाडी कुनै पनि लामो फर्म्याटको प्रतियोगिता खेलेका छैनौ । तर, पनि अब लामो फर्म्याटको प्रतियोगिता महिला टोलीलाई पनि आवश्यक छ ।’

उनले थपिन्, ‘पछिल्ला टी–ट्वान्टी प्रतियोगितामा पनि हामीले धेरै खेलाडी क्लासिक खेलिहेका देख्यौ । सिङ्गल्सहरु कन्भर्ट गरिरहेका र भी आकारमा ब्याट चलाइरहेका पनि देख्यौ । त्यसैले अन्तर्राष्ट्रिय स्तरमा नभएपनि कुनै एउटा घरेलु प्रतियोगिता भएपनि लामो फर्म्याटको आयोजना गर्ने बेला आएको छ ।’

यस्तै धारणा उप कप्तान सिता मगरको पनि रहेको छ । राष्ट्रिय महिला क्रिकेट टोलीकी उपकप्तान सिता रानामगरले पनि ४०–५० ओभरको खेल महिला टोलीले पनि खेल्न आवश्यक रहेको बताइन् ।

उनले खेलाडीलाई क्रिजमा टिकिरहने क्षमताको विकास गर्नका लागि भएपनि लामो फर्म्याटको प्रतियोगिता आवश्यक रहेको बताइन् ।

‘लामो फर्म्याटको खेलले खेलाडीलाई क्रिजमा टिकेर खेल्न सक्ने क्षमताको विकास गराउँछ ।’ उपकप्तान रानामगरले भनिन्, ‘अहिलेसम्म ट्वान्टी–ट्वान्टी फर्म्याटको खेल मात्र भएको छ । हामी पनि क्रिजमा त्यही अनुसार खेलिरहेका हुन्छौ । यसले अन्तर्राष्ट्रिय स्तरमा हामीलाई प्रतियोगिता खेल्न पुग्दैन । हुन त नहुनुभन्दा यहि पनि हाम्रा हुनु ठुलो विषय हो । किनभने पहिलेभन्दा अहिले महिलाका प्रतियोगिता पनि धेरै भइरहेका छन् । यसमा पनि हामीले खुसी हुनु पर्छ । तर, लामो फर्म्याटको प्रतियोगिता भइदिएको भए अझ महिला खेलाडीका लागि राम्रो हुने थियो भन्ने मात्रै हो ।’

No description available.

प्रशिक्षकलाई खेलाडी चिन्ने समय देउ

महिला क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता सुरु हुन करिब ८ महिना बाँकी छ । क्यानले महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सुरु गर्ने विषयमा छलफल समेत गरिरहेको छ । बन्द प्रशिक्षणमा डेभ वाटमोरले पनि महिला टोलीले प्रशिक्षण दिने बताइएको छ ।

तर, कप्तान रुविना क्षेत्रीले नेपालकै भएपनि लामो समय महिला टोलीलाई सम्हाल्न सक्ने प्रशिक्षकको आवश्यकता रहेको बताइन् । उनले दुई–चार दिनको प्रशिक्षणले महिला टोलीको स्तर माथि उकास्न नसकिने धारणा व्यक्त गरिन् ।

‘प्रमुख विषय के हो भने, हामी दुई–चार दिनको मात्र प्रशिक्षण चाँहदैनौ । किनभने उहाँहरु आएर हामीहरुलाई एक–दुई टिप्स दिन सक्नु हुन्छ । तर हाम्रो खेलको स्तरनै बढाउन सक्नु हुन्न ।’ उनले भनिन्, ‘हामीलाई कुनै प्रशिक्षक दिनु हुन्छ भने कम्तिमा पनि एक वर्षका लागि दिनु पर्यो ।’

उनले थपिन्, ‘नेपालमा पनि राम्रो–राम्रो प्रशिक्षक हुनु हुन्छ । हामीले बाहिरकै प्रशिक्षक हुनु पर्छ भनेर भनेका पनि छैनौ । अहिले नेपालकै प्रशिक्षकले पनि राष्ट्रिय महिला टोली सम्हाल्न सक्ने अवस्था छ । तर, उहाँहरुलाई पनि खेलाडी चिन्न सक्ने समय दिनु पर्यो ।’

उपकप्तान रानामगरले अबको बन्द प्रशिक्षणमा नयाँ खेलाडीलाई पनि स्थान दिन आवश्यक रहेको बताइन् । उनले घरेलु प्रतियोगितामा राम्रा नयाँ खेलाडी देखिएकाले उनीहरुलाई पनि स्थान दिन आवश्यक रहेको उल्लेख गरिन् ।

‘लक्ष्मी साउँद, राजमती ऐरी लगायतका केही नयाँ खेलाडीहरु घरेलु प्रतियोगितामा देखिएका छन् । उनीहरुलाई पनि राष्ट्रिय टोलीको क्याम्पसम्म बोलाएर अनुभवी खेलाडीसँग राख्न आवश्य छ ।’ उनले भनिन्, ‘केही गर्न सक्ने क्षमता भएका नयाँ खेलाडीलाई क्याम्पमा अनुभवी खेलाडीसँग राख्दा धेरै कुरा सिक्न पाउँछन् । जसले भोली राष्ट्रिय टोलीलाई नै फाइदा पुग्छ ।’

महिला क्रिकेटको सम्भावना छ

कप्तान रुविना क्षेत्रीले महिला क्रिकेटमा पहिलेदेखिनै सम्भावना रहेको बताइन् । उनले महिला खेलाडी क्षमता भएपनि एक्सपोजर नपाएको गुनासो गरिन् ।

‘उनीहरुमा क्षमता भएर मात्र हुँदैन । त्यो क्षमता देखाउने अवसर पनि पाउनु पर्यो ।’ उनले भनिन्, ‘नयाँ खेलाडीको प्रदर्शन पछिल्लो दुई प्रतियोगिताबाट पनि अनुमान गर्न सकिन्छ । घरेलु प्रतियोगितामा मात्रै भएपनि धेरैभन्दा धेरै खेल्ने वातावरण मिलाई दिइयोस् । त्यही अनुसारको प्रदर्शन गर्न सक्छौ ।’

उनले थपिन्, ‘औसतमा भन्ने हो भने मेयर्स कपका सबै खेलमा १ सय ४० भन्दा माथीको रन बनेको छ । पहिला पहिला ६०–७० मा पनि अलआउट भएका उदाहरण छन् । त्यसैले पनि महिला क्रिकेट सबैको प्राथमिकतामा नपरेको हुन सक्छ । अब पर्नु पर्छ ।’

उनले मेयर्स कपमा आफ्नो टिमको प्रदर्शनभन्दा पनि मनोबल कमजोर देखिएको बताइन् ।

मेयर्स कप खेल्नुभन्दा पहिला पाँचवटा सिरिज खेलेको भएपनि खेलाडीमा मनोबलको कमी देखिएको उनले बुझाई छ ।

‘मेयर्स कप खेल्नुभन्दा पहिले पाँचवटा जति सिरिज नै खेलेका थियौ । नेट प्राक्टिस पनि धेरै गरेका थियौ । तर, खेलाडीमा मनोबलको कमी देखियो । आसा गरौ अबको प्रतियोगितामा त्यो हुने छैन ।

फ्यान छन्

राष्ट्रिय टोलीकी उपकप्तान रानामगरले महिला टोलीका खेलाडीको पनी फ्यानहरु रहेको बताइन् । फ्यान भएपनि मैदानसम्म आउन नसकेको उनको धारणा छ ।

‘हाम्रा पनि फ्यान हुनुहुन्छ । तर कारण बस उहाँहरु आउन सक्नु भएन । अर्को तिर हामी आफै महिला खेलाडीको पनि कमजोरी होला ।’ उनले भनिन्, ‘हामीलाई नचिन्ने भएर पनि नआउनु भएको होला की ? तर, आशा गरौ महिला टोली पनि एक दिन त्यो स्थानमा पुग्ने छ र दर्शकहरु हाम्रो खेल हेर्न मैदानसम्म पुग्ने छन् । एक दिन समर्थकलाई हामी मैदानसम्म फर्काउने छौ ।’

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अन्तिम खेलमा नेपालको फराकिलो हार
अन्तिम खेलमा नेपालको फराकिलो हार
बंगलादेशविरुद्ध युएईको ऐतिहासिक जित
बंगलादेशविरुद्ध युएईको ऐतिहासिक जित
नेपालको विशाल जित
नेपालको विशाल जित
दीपेन्द्र र भीमको शतक
दीपेन्द्र र भीमको शतक
‘पार्टनर इन द म्याच’
‘पार्टनर इन द म्याच’
नेपाल पहिलोपल्ट विश्वकप ग्लोबल छनोटमा
नेपाल पहिलोपल्ट विश्वकप ग्लोबल छनोटमा
umbro nepal
  • ताजा समाचार
  • खेल आज
हाउण्ड्स र टाइम्स विजयी
हाउण्ड्स र टाइम्स विजयी
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
‘ए’ डिभिजन लिगमा उक्लियो भगवती क्लब
‘ए’ डिभिजन लिगमा उक्लियो भगवती क्लब
नयाँ बस्तीसँगै टुसाल ‘सी’ डिभिजनमा झर्‍यो
नयाँ बस्तीसँगै टुसाल ‘सी’ डिभिजनमा झर्‍यो
साफ खेलेर फर्कियो यु-१९ टोली
साफ खेलेर फर्कियो यु-१९ टोली
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP