एपीएफलाई सुदूरपश्चिमको १०७ रनको लक्ष्य
शनिबार, २८ चैत्र २०७७खेलपाटी संवाददाता

काठमाडौं । ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेटमा उपाधिका लागि सुदूरपश्चिले एपीएफलाई १ सय ७ रनको लक्ष्य सुम्पेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०६ रन जोडेको हो ।
सुदूरपश्चिमका लागि विन्दु रावलले सर्वाधिक ४४ रन जोडिन् ।
उनले ५४ बल खेल्दै ४ चौकाको मद्दतमा ४४ रनको अविजित पारी खेलेकी हुन् ।
त्यस्तै, कविता कुँवरले १४, डोली भट्टले १४ र रेवती धामीले १० रन जोड्नबाहेक अन्य खेलाडीले दोहोरो अंककाे स्काेर छुन सकेनन् ।
सुदूरपश्चिमलाई सस्तैमा समेट्न बलिङतर्फ एपीएफका लागि रेखा रावल, करुना भण्डारी, सुष्मा श्रेष्ठ, सिता रानामगर र विनु बुढाले समान एक एक विकेट लिए ।







-1766305902285.jpeg&w=3840&q=75)



-1766392949541.jpg&w=3840&q=75)

-1766407401552.jpeg&w=3840&q=75)

