काठमाडौं । पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा अहिले एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ ।
टियु क्रिकेट मैदानमा एपीएफविरुद्ध सुदूरपश्चिमले सुरुवातमा ब्याटिङ गरिरहेको छ । टस जितेर सुदूरपश्चिमले ब्याटिङ रोजेको हो ।
आज बलियो टिम एपीएफ सुदूरपश्चिमलाई हराउँदै अपराजित रहेर च्याम्पियन बन्न चाहन्छ ।
एपीएफ लिग चरणमा अपराजित रहदै फाइनल पुगेको टिम हो ।
एपीएफले ४ खेलमा ८ अंक जोड्यो । तर, सुदूरपश्चिमविरुद्ध फाइनलमा एपीएफलाई जित निकाल्न सफल भने हुने छैन ।
सुदूरपश्चिम लिगको दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको हो ।
सुदूरपश्चिमले ४ खेलमा ६ अंक जोड्यो ।
लिग चरणमा सुदूरपश्चिम एपीएफसँग ३७ रनले पराजित भएको थियो । अन्य खेलमा जित निकालेको थियो ।
फाइनलमा सुदूरपश्चिम उक्त हारको बदला समेत लिन चाहन्छ ।
यता, एपीएफ आफ्नो जितलाई निरन्तरता दिन चाहन्छ ।
प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ ।
यस्तै उपविजेताले १ लाख ५० हजार पाउने क्यानले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सवुमनले १५/१५ हजार पाउने छन् ।
उल्भ्सको साँघुरो जित