बुधबार, १६ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

जब होटलबाट खेलाडी गायब भए

शनिबार, २८ चैत्र २०७७खेलपाटी संवाददाता
जब होटलबाट खेलाडी गायब भए

अफ्रिकन रुट्सका खेलाडी । फाेटाे : खेलपाटी

Classic Tech Internet Ad

काठमाडौं । आहा–रारा गोल्डकप पोखरामा समापनको संघारमा छ । १९ औं संस्करणको प्रतियोगिताको फाईनलका लागि संकटा र अफ्रिकन रुट्स एसोसियसन शनिबार भिड्दैछन् ।

अफ्रिकन रुट्स आहा रारा खेल्नै नेपाल आएको हो । साहारा क्लब पोखराले प्रतियोगितालाई अन्तराष्ट्रिय चिनारी दिन विदेशी टिमको रुपमा अफ्रिकन रुट्सलाई सामेल गराएको हो ।

तर आहा रारा गोल्डकप खेल्न नेपाल आएको अफ्रिकन रुट्सले यस बीचमा दुई गोल्डकप खेलिसक्यो । बागमती गोल्डकपको उपविजेता बनेको क्यामरुनको टोली शुक्रबार राजर्षी जनक कपको सेमिफाईनलमा स्थानीय पिपल युथ क्लबसंग पराजित बन्यो ।

आहा रारा गोल्डकपको सेमिफाईनलमा पुलिस क्लबलाई हराउँदै अफ्रिकन रुट्स फाईनल पुगेको थियो । आयोजकले प्रतियोगिता अवधिभर अन्य स्थानमा खेल्न नजान अफ्रिकन टोलीलाई अनुरोध गरेका थिए । आहा रारा खेल्नका लागि आएको उल्लेख गर्दै प्रतियोगिता अवधिभर अन्य खेल नखेल्ने अफ्रिकन टोलीलाई सचेत गराएका थिए ।

तर सेमिफाईनल खेलेकै रात अफ्रिकन रुट्सका खेलाडी राता रात होटलबाट गायब बने । बिहिबार राति करिब ११ बजेको समय होटलबाट भागेर अफ्रिकन रुट्सका खेलाडी राजर्षी जनक कप खेल्न सर्लाही पुगे । प्रतियोगिताको सेमिफाईनलमा क्यामरुनको टोली स्थानीय पिपल युथसंग २–१ ले पराजित बन्यो । शुक्रबार सर्लाहीमा पराजित बनेको अफ्रिकन रुट्सको टोली शनिबारको आहा राराको फाईनल खेल्न रातको यात्रा तय गरेर पोखरा पुग्दैछ ।

आहा रारा गोल्डकपको फाईनलको अघिल्लो दिनको विश्राममा अफ्रिकन टोली सर्लाहीमा खेल्न चाहन्थ्यो । बिहिबार पुलिसलाई पराजित गर्ने बित्तिकै अफ्रिकन टोली सर्लाही हिड्ने तरखर गर्दै थियो । तर आफुले जिम्मा लिएर आएको टोलीलाई सर्लाही जानबाट आयोजकले रोके । होटल सञ्चालक सहित केही स्वयमसेवकलाई निगरानीमा राखियो ।

तर होटल सञ्चालक सहित स्वयमसेवकलाई झुक्काउँदै अफ्रिकन रुट्सको ११ सदस्यीय टोली होटलबाट भागेर फुटबल खेल्न राता रात सर्लाही पुगेको पुष्टि भएको छ । सर्लाहीमा शुक्रबार खेलेका अधिकांश खेलाडी सहितको टोली शनिबार आहा रारा गोल्डकपको फाईनलमा उत्रदैछ ।

साहारा क्लबका एक अधिकारीले आहा रारा गोल्डकपका लागि आएको अफ्रिकन रुट्सले आफुहरुलाई धोका दिएको बताए ।

‘आहा रारा भनेर आएको टोली राता रात अर्को गोल्डकप खेल्न पुगेको छ । खेलाडी एक रातमा पुगेनन् भने गोल्डकपनै डुब्ने अवस्था छ । अफ्रिकन खेलाडीले साह्रै दुख दिएको छन् ।’ उनले भने ।

साहारा क्लबको निमन्त्रणमा आहा रारा गोल्डकप खेल्न क्यामरुनको अफ्रिकन रुट्स नेपाल आएको हो । सो प्रतियोगिताका लागि २० सदस्यीय टोली नेपाल आएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

अफ्रिकन रुट्सका ब्यवस्थापक रहेका आषिक थापा मगरले खेलाडीलाई बिहिबार राति सर्लाही पठाएको स्विकार गरे । उनले पोखराको होटलमा अहिले ९ जनामात्र खेलाडी रहेको जानकारी दिए ।

‘गएका खेलाडीहरु एक छिनमा फर्कदैछन् । उता खेल तालिका निस्किएर नखेलेपछि धोका दिए जस्तो हुन्थ्यो । हामीले अर्को आयोजकलाई धोका दिन मिलेन ।’ उनले भने ।

आहा रारा गोल्डकप खेल्ने अनुमती लिएर नेपाल आएको अफ्रिकन रुट्सले गैरकानुनी रुपमा अन्य प्रतियोगितामा पनि खेल्दै आएको छ । एन्फा र सरकारी निकाय अफ्रिकन रुट्सको कदममा मौन छन् ।

याे पनि, छैन विश्राम, जोखिममा खेलाडी !

 
Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

महिला टिम, पुरुष म्यानेजर !

महिला टिम, पुरुष म्यानेजर !

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

Bajaj Pulsar Motorcycle Ad
भीएआरसँग हार्‍यो युनाइटेड

भीएआरसँग हार्‍यो युनाइटेड

कमजोर डिफेन्सले डुब्यो चेल्सी

कमजोर डिफेन्सले डुब्यो चेल्सी

लाङ्दीदेवी अन्तिम ८ मा

लाङ्दीदेवी अन्तिम ८ मा

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

एपीएफलाई पाँचौँ सेटमा हराउँदै पुलिस सेमिफाइनलमा

एपीएफलाई पाँचौँ सेटमा हराउँदै पुलिस सेमिफाइनलमा

समूह ‘ए’ को विजेता बन्यो न्यु डाइमन्ड

समूह ‘ए’ को विजेता बन्यो न्यु डाइमन्ड

 विमला र दीपाले बंगलादेशी लिग खेल्ने

विमला र दीपाले बंगलादेशी लिग खेल्ने

नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन

नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन