एजेन्सी । भारतका लिजेण्ड क्रिकेटर सचिन तेन्दुलकर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
कोरोना भाईरसको संक्रमण पछि अस्पताल भर्ना भएका तेन्दुलकर बिहीबार डिस्चार्ज भएका हुन् ।
४८ वर्षीय तेन्दुलकरले सामाजिक संजालबाट आफु अस्पतालबाट डिस्चार्ज भएको बताएका छन् ।
अस्पतालबाट डिस्चार्ज भएपनि तेन्दुलकर घरमै थप केहि समय आईसोलेसनमा बस्ने छन् ।
कोरोना देखिएपछि उनी गत अप्रिल २ मा अस्पताल भर्ना भएका थिए ।
तेन्दुलकरका अन्य परिवारका सदस्यको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।